बिहीबार, असोज १५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सर्वोच्च अदालत र निर्वाचन आयोग पार्टी कार्यालय जस्तो भयो : राजु गुरुङ

सर्वोच्च अदालत र निर्वाचन आयोग पार्टी कार्यालय जस्तो भयो : राजु गुरुङ

नेता गुरुङले आफ्नो उम्मेदवारी जालझेलपूर्ण र षड्यन्त्रपूर्वक ढंगबाट आफ्नो उम्मेदवार खारेज गरेको आरोप लगाए।
 |  शनिबार, कात्तिक १२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १२, २०७९

रुपन्देही- सत्तारुढ गठबन्धनबाट रुपन्देही-२ उम्मेदवार बनी खारेजीमा परेका नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङ सर्वोच्च अदालत र  निर्वाचन आयोग पार्टी कार्यालयजस्तो बनेको आरोप लगाएका छन्। राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका केशवबहादुर थापालाई गठबन्धनले एकमतका साथ साझा उम्मेदवार स्वीकार गरेको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा गुरुङले यस्तो बताएका हुन्। 

नेता गुरुङले आफ्नो उम्मेदवारी जालझेलपूर्ण र षड्यन्त्रपूर्वक ढंगबाट आफ्नो उम्मेदवार खारेज गरेको आरोप लगाए। आफ्नो उम्मेदवारी खारेज हुनु भनेको नेकपा एमालेको पराजित मानसिकताको पराकाष्ठा भएको उनको जिकिर छ। आगामी निर्वाचनमा केशवबहादुर थापालाई जिताएर नेकपा एमालेको दादागिरी रोक्ने उनको भनाइ छ। सर्वोच्च अदालत र निर्वाचन आयोग एउटा पार्टीको पार्टी कार्यालय जस्तो बनेको आरोपसमेत उनको छ। आफू कालोसूचीमा नरहेको भन्दै कालो सूचीमा भए देखाउन उनले चुनौती दिए। 

‘जालझेलपूर्ण ढंगबाट, षड्यन्त्रपूर्वक ढंगबाट मेरो उम्मेदवारी खारेज गरिएको छ, तथा हाम्रो गठबन्धनको तर्फबाट उम्मेदवारी खारेज गरिएको छ। म फेरि दोहोर्‍याएर भन्न चाहन्छु, नेकपा एमालेको पराजित मानसिकताको पराकाष्ठा हो। यसलाई निस्तेज पार्नका लागि आगामी निर्वाचनमा हामीले हाम्रो साझा उम्मेदवार केशवबहादुर थापालाई साझा उम्मेदवार बनाएका छौँ। केशव सूर्यवंशीलाई जिताएर नेकपा एमालेको जुन खालको दादागिरी छ, जनतालाई पटकपटक ठग्ने कुरा छ, ढाँट्ने जुन शैली छ, त्यसलाई पराजित गर्नका निम्ति खट्नुपर्ने आवश्यकता छ। दाबी विरोधको समय ३ बजेसम्म तोकिएको थियो, ४ बजेसम्म दाबीविरोध छैन,' उनले भने, 'साढे ४ बजेपछि आकस्मिक ढंगले एकाएक अप्रत्याशित रुपमा फ्याक्स आउँछ र ६ बजे हामीलाई बोलावट हुन्छ। सर्वोच्च अदालत र निर्वाचन आयोग एउटा पार्टीको पार्टी कार्यालय जस्तो बनेको छ। हिजो बालुवाटार काण्डमा मुछिएका कुमार रेग्मीको इजलासबाट यो निर्णय भएको छ। ब्ल्याक लिस्टमा भएका १५३ उम्मेदवारहरु छन्। जसमध्ये १५२ जना १५२ जना होमिएका छन्।’

नेता गुरुङले गत असोज २३ गते नेकपा (एकीकृत समाजवादी) बाट गठबन्धनको साझा उम्मेदवारको रुपमा रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका थिए। 

रुपन्देही जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा १ र २ साथै क्षेत्र नम्बर ३ को प्रदेश सभा २ मा र रुपन्देही जिल्ला प्रतिनिधि सभा १,३,४ र ५ मा गठबन्धनका उम्मेदवारहरुलाई राष्ट्रिय जनमुक्ति पार्टीले समर्थन गरी सघाउने निर्णय भएको छ।

प्रकाशित: Oct 29, 2022| 20:40 शनिबार, कात्तिक १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...