सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसको घोषणापत्रमा समावेशिताको अनुहार समेटियो : महामन्त्री विश्वप्रकाश शर्मा

कांग्रेसको घोषणापत्रमा समावेशिताको अनुहार समेटियो : महामन्त्री विश्वप्रकाश शर्मा

कांग्रेसको घोषणापत्रमा समाज, संविधान रक्षा, स्थिरता र समुन्नतिको आधारलाई विशेष जोड दिइएको महामन्त्री शर्माको दाबी।
 |  शनिबार, कात्तिक १२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १२, २०७९

काठमाडौं– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको घोषणापत्र समावेशिताको विषयलाई प्राथमिकता दिएर सार्वजनिक गरिएको बताएका छन्। शनिबार पार्टी मुख्यालय सानेपामा आयोजित निर्वाचन घोषणापत्र सार्वजनिक कार्यक्रममा महामन्त्री शर्माले यस्तो बताएका हुन्।

National life

उनले कांग्रेसको घोषणापत्रमा समाज, संविधान रक्षा, स्थिरता र समुन्नतिको आधारलाई विशेष जोड दिइएको दाबी गरे। घोषणापत्र बनाउँदा विज्ञहरुसहित बसेर लेखिएकाले यसमा नेपाली समाजको विविधतालाई प्रतिनिधित्व गराइएको उनको धारणा छ।

महामन्त्री शर्माले संविधान रक्षा र समाजले खोजेको सुव्यवस्थालाई पनि घोषणापत्रमा समावेश गरिएको उल्लेख गरे। महामन्त्री शर्माले राजनीतिक दलहरुबीच हुने द्वन्द्वलाई कारण बनाएर संसद्लाई मेटिन नदिइने प्रतिबद्धता पार्टीको रहेको बताए।

उनले आउँदो चुनावपछि कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरे। भ्रष्टाचार रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पुनः संरचना गर्ने, पुँजीगत बजेट तोकिएको समयमै खर्चिने विषय पनि घोषणापत्रमा समेटिएको उनले जानकारी दिए। महामन्त्री शर्माले सार्वजनिक पद धारण गरेको हरेक व्यक्तिले प्रत्येक वर्ष सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने र त्यसका लागि बाध्यकारी कानुन निर्माण गर्ने बताए।

प्रकाशित: Oct 29, 2022| 15:12 शनिबार, कात्तिक १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...