शनिबार, वैशाख १५, २०८१

विष्णु पौडेललाई 'हराउन' गठबन्धनले किन रोज्यो सूर्यवंशी?

निर्विकल्प उम्मेदवारका रूपमा चर्चामा रहेका पौडेलाई गठबन्धनले जनमुक्ति पार्टीका केशवलाई समर्थन गरेपछि चुनावी सरगर्मी फेरि पेचिलो बनेको छ।
 |  आइतबार, कात्तिक १३, २०७९

विनोद परियार

विनोद परियार

आइतबार, कात्तिक १३, २०७९

बुटवल- रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापा सूर्यवंशीलाई गठबन्धनले समर्थन गरेको छ। गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि विकल्पका रूपमा एमाले उपाध्यक्षसमेत रहेका पौडेलविरुद्ध जनमुक्तिका सूर्यवंशीलाई गठबन्धनले समर्थन गर्दै चार बुँदे सहमतिसमेत गरेको छ।

triton college

सत्तारुढ पाँच दलीय गठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देहीका पाँचवटा प्रतिनिधिसभा र १० वटा प्रदेशसभा निर्वाचनमा एक भएर जाने भएका छन्। गठबन्धन र जनमुक्ति पार्टीले शनिबार बुटवलमा संयुक्त पत्रकार सम्मेलन गर्दै जिल्लाका निर्वाचन क्षेत्रमा साझा उम्मेदवार तय गर्दै एक आपसमा सघाउने घोषणा गरेको हुन्। रुपन्देही क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा गठबन्धनले जनमुक्ति पार्टीका सूर्यवंशीलाई सघाउने गरी सहमति गरेको हो।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा १ र २, तथा क्षेत्र नम्बर ३ को प्रदेशसभा २, प्रतिनिधिसभा क्षेत्र नम्बर १, ३, ४ र ५ मा जनमुक्ति पार्टीले गठबन्धनका उम्मेदवारलाई सघाउने सहमति भएको छ। 

गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङको संयोजकत्वमा, नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य वामदेव क्षेत्री, नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाण सदस्य रहेको समितिले जनमुक्तिसँग सहमति गरेको हो।

निर्विकल्प उम्मेदवारका रूपमा चर्चामा रहेका पौडेलाई गठबन्धनले जनमुक्ति पार्टीका केशवलाई समर्थन गरेपछि चुनावी सरगर्मी फेरि पेचिलो बनेको छ। 

रुपन्देही प्रदेशसभा १ मा विमला गुरुङ र प्रदेश सभा २ मा छत्र बहादुर दर्लामी, रुपन्देही प्रतिनिधि सभा क्षेत्र नम्बर ३ को प्रदेश सभा २ मा मीनबहादुर पल्ली मगर, प्रतिनिधि सभातर्फ रुपन्देही क्षेत्र नम्बर १ मा डिबी थापा, क्षेत्र नम्बर ३ मा मोजीव अली, क्षेत्र नम्बर ४ मा जवाहर अलि र क्षेत्र नम्बर ५ मा भैरव थापाको उम्मेदवारीलाई निष्क्रिय गरिएको विज्ञप्तिमा उल्लेख छ। 

corrent noodles
Metro Mart

विज्ञप्तिमा गठबन्धनका तर्फबाट वार्ता समिति संयोजक राजु गुरुङ, नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य वामदेव क्षेत्री, नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाण, लोसपाका अजय बर्मा, नेपाल समाजवादी पार्टीका कमल खनाल र राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीका अध्यक्ष प्रेम बहादुर थापाले हस्ताक्षर गरेका छन्। 

गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले जनमुक्तिलाई समर्थन नगरी नेपाल मजदुर किसान पार्टीका उम्मेदवार हरिसुन्दर बासीलाई समर्थन गरेको छ। निर्विकल्प उम्मेदवारका रूपमा चर्चामा रहेका पौडेलाई गठबन्धनले जनमुक्ति पार्टीका केशवलाई समर्थन गरेपछि चुनावी सरगर्मी फेरि पेचिलो बनेको छ। 

आफ्नाे उम्मेदवार नभएपछि गठबन्धनका दल विकल्पको खाेजीमा थिए। एमाले उपाध्यक्षसमेत रहेका विष्णु पाैडेलको पराजयलाई प्रतिष्ठाको विषय बनाएको छ। याे अवस्थामा आफ्नाे उम्मेदवार नै नभएपछि जनमत समेत बढिरहेकाे राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्षसमेत रहेका सूर्यवंशी राेजाईमा परे।

नेपाली कांग्रेसका प्रभावशाली नेता रुपन्देही-३ बाट गठबन्धनको समर्थनमा उम्मेदवार छ। एमालेको समर्थन पाएका राप्रपाका दीपक बाेहाेरा उनका मुख्य प्रतिस्पर्धी मानिएका छन्। एमालेले बोहरालाई समर्थन गर्दा खाणलाई चुनाैती देखिएकाे विश्लेषण भइरहेको छ। गृहमन्त्री खाण उम्मेदवार बनेको निर्वाचन क्षेत्रमा करिब ५ हजार मत जनमुक्ति पार्टीको भएको आकनल गरिएको छ। रुपन्देही-३ मा रहेको जनमुक्तिको ५ हजार मत खाणको पक्षमा पार्न रुपन्देही-२ मा सूर्यवंशीलाई समर्थन गर्ने निर्णय भएको कांग्रेसका स्थानीय नेता बताउँछन्। सूर्यवंशी बुटवलका रैथाने र वैचारिक रूपमा बहसमा अब्बल देखिएकाले समर्थन गरेकाे गठबन्धनका नेताहरूको भनाइ छ। 

२०७४ सालको संसदीय चुनावमा रुपन्देही-२ मा राष्ट्रिय जनमुक्ति पार्टी तेस्रो स्थानमा थियो। माओवादीसँग देशभर गठबन्धन गरेको एमालेका उम्मेदवार विष्णु पौडेलले ४४ हजार ९ मत ल्याउँदा कांग्रेसका युवराज गिरीले २१ हजार ९४६ मत ल्याएका थिए। राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार रुकबहादुर पुनले ३ हजार ६८८ मत पाएका थिए।

गत वैशाखमा भएको स्थानीय निर्वाचनमा बुटवल उपमहानगरपालिकामा जनमुक्तिले ११ जना वडा सदस्य लिएर नेकपा एमालेसँग तालमेल गरेको थियो। तर एउटा वडा सदस्य मात्र जित्न सकेको छ।

को हुन सूर्यवंशी?
रुपन्देही-२ मा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएपछि सूर्यवंशीले गठबन्धनको समर्थन पाएका हुन्। उनी राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्षसमेत हुन्। सूर्यवंशीले गठबन्धनको समर्थन नभए पनि आफ्नो चुनावी गतिविधिलाई तीव्रता दिइरहेका थिए। 

गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरी दिएपछि एमाले उपाध्यक्ष पौडेलविरुद्ध मोर्चाबन्दी गर्दै सूर्यवंशीलाई गठबन्धनले अघि सारेको हो। सूर्यवंशी बुटवलमै जन्मिएका नेता हुन्।  बुवा डम्बर सिंह सूर्यवंशी र आमा बसन्ती सूर्यवंशीको कान्छो सन्तानको रूपमा वि.सं. २०२७ वैशाख २७ गते उनको जन्म भएको थियो।

स्नातकसम्म अध्ययन गरेका सूर्यवंशी सुरुवातमा शिक्षण, पत्रकारिता, साहित्य लेखन र समाजसेवामा सक्रिय हुँदै राजनीतिमा लागेका हुन्। 

उनले १८ वर्षको उमेरमै अधुरो वाक्यमा कुण्डिएको अभिलाषा नामक कथा प्रकाशन गरेका थिए। वि.सं. २०५२ सालदेखि पत्रकारिता क्षेत्रमा संलग्न रहेका सूर्यवंशीले बुटवलबाट प्रकाशित हुने बुद्ध सन्देश साप्ताहिक, नयाँ राज्यसत्ता साप्ताहिक, राज्यसत्ता द्वैमासिक र संघीय एक्सप्रेस अर्धसाप्ताहिकको स्थापनामा महत्त्वपूर्ण योगदान दिएका छन्। 

उनले करिब ५ वर्ष बुटवल रामनगरस्थित मानव ज्ञान स्कुलमा शिक्षण गरेका थिए। नवलपरासीको दुम्कीबासमा नेपालका प्रथम शहीद लखन थापाको स्मृतिमा एक निजी विद्यालय (लखन थापा मेमोरियल एकेडेमी)को सुरुवातका लागि उनले उनले व्यक्तिगत लगानीमा गरेका थिए।

सूर्यवंशीले बुटवल क्षेत्रमै चर्चित तत्कालीन नन्दन पुस्तकालयको संस्थापक अध्यक्ष (वि.सं. २०४७ २०५१) भई ४ वर्ष नेतृत्व गरे। तत्कालीन नेकपा (माक्सवादी) को विद्यार्थी संगठन (प्रगतिशील विद्यार्थी युनियन) को ज्ञानोदय रात्रि मावि बुटवलको अध्यक्षबाट उनी राजनीतिमा होमिएका हुन्। 

२०४६ को जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका सूर्यवंशी वि.सं. २०५१ मा माक्सवादी संगठन परित्याग गरी राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेका थिए। वि.सं. २०५३ मा शिक्षण पेसा छोडेसँगै उनी राष्ट्रिय जनमुक्ति पार्टीको पूर्णकालीन कार्यकर्ता भए। 

वि.सं. २०५६ देखि केन्द्रीय सदस्य (एक कार्यकाल), उपमहासचिव (एक कार्यकाल), महासचिव (दुई कार्यकाल) र हाल केन्द्रीय कार्यकारी अध्यक्षका रूपमा कार्यरत छन्। बुटवलको माटोमा हुर्किएको र तिनाउ नदी र सुखौरा खोलामा खेलेकाले बुटवलवासीको मत यसपटक आफूलाई आउने विश्वास गरेका छन्। 

जनमुक्ति पार्टीले करिब ५ हजार मत निर्वाचन क्षेत्र नम्बर २ मा रहेको दाबी गर्दै आएको छ। गत स्थानीय तहमा वडाध्यक्षले पाएको मत परिणाम अनुसार रुपन्देही २ मा कांग्रेस ३४ हजार ९५९, एमाले ३३ हजार १८७, राप्रपा ३ हजार ९२०, माओवादी ३ हजार १८८, नेकपा एसको एक हजार ३८२ मत छ।

प्रकाशित: Oct 30, 2022| 10:57 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...