आइतबार, साउन १७, २०८३

सेवा भावले राजनीतिमा प्रेरित गरेको हो : प्रकाशमान सिंह

कांग्रेस नेता प्रकाशमान सिंहले आफ्नो ध्यान कानुन बनाउने मात्र नभई भौतिक पूर्वाधार निरमाणमासमेत केन्द्रित हुने बताएका छन्। आइतबार बिहान चुनावी अभियानका क्रममा मतदातासँगको भेटमा नेता सिंहले उक्त कुरा बताएका हुन्।
 |  आइतबार, कात्तिक १३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९

काठमाडौं- कांग्रेस नेता प्रकाशमान सिंहले आफ्नो ध्यान कानुन बनाउने मात्र नभई भौतिक पूर्वाधार निरमाणमासमेत केन्द्रित हुने बताएका छन्। आइतबार बिहान चुनावी अभियानका क्रममा मतदातासँगको भेटमा नेता सिंहले उक्त कुरा बताएका हुन्।

भौतिक पूर्वाधार निर्वाचनको क्षेत्रमा, आफूभन्दा अघिका जनप्रतिनिधिलेभन्दा आफूले धेरै काम गरेको उनले बताए। काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवारसमेत रहेका नेता सिंहले यस क्षेत्रले जिताएर पठाएका जनप्रतिनिधि देशको प्रधानमन्त्री साथै ठूला पदमा पुगे पनि विकाशको काममा ठूलो कार्य गर्न नसकेको बताए।

बहुदलपछि यस क्षेत्रमा कांग्रेसले २०६४ सालसम्म बहुमत पाउन नसकेको उल्लेख गर्दै २०६४ मा जनताले जिताएर पठाएपछि भने यस क्षेत्रमा विकाशको कार्य अगाडि बढेको उनको भनाई थियो। त्यसको पूर्णताका लागि आफ्नो जित अपरिहार्य भएको नेता सिंहको भनाइ छ ।

'अझै पनि विकाशका कामलाई अगाडि बढाउन उचित कानुन बनिनसेकाले कानुन निर्माणको साथै यस क्षेत्रको भौतिक पूर्वाधार विकाशका लागि कांग्रेसले जित्न आवश्यक छ,' उनले भने।

राजनीति सेवा भावले प्रेरित भएर सुरु गरेको उनले बताए। निकै लामो उतारचढाव झेल्दै आफू आजको राजनीतिक यात्रासम्म पुगेको सिंहले बताए।

प्रकाशित: Oct 30, 2022| 10:28 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...