आइतबार, साउन १७, २०८३

कांग्रेसले भन्‍यो- ओलीले सरकार चलाएको ४१ महिना खेर गएको समय

नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा नेकपाको नेतृत्व गर्दै सरकार चलाएकव ४१ महिनाको समय पूर्णरुपमा खेर गएको जनाएको छ।
 |  शनिबार, कात्तिक १२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १२, २०७९

काठमाडौं- नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा नेकपाको नेतृत्व गर्दै सरकार चलाएकव ४१ महिनाको समय पूर्णरुपमा खेर गएको जनाएको छ। 

कांग्रेसले आगामी मंसिर १४ गते हुने निर्वाचनका लागि बनाइएको घोषणापत्र सार्वजनिक गर्दै भनेको छ, 'नेकपा, नेकपा एमाले र पूर्वप्रधानमन्त्री ओलीको कारणले करिब ४१ महिनाको अवधि पूर्णरुपमा खेर गयो।' 

राष्ट्रवाद, स्थिर सरकार र समृद्धिजस्ता लोकप्रियतावादी नाराको आधारमा तत्लकालीन वाम गठबनध्नको २०७४ का तीनै तहका निर्वाचनमा प्रचण्ड बहुमत हासिल गरी इतिहासमा नै सबैभन्दा सुविधानजनक र अनुकूल समय पाएको भए पनि सो अनुसार ओली नेतृत्वको सरकारले काम गर्न नसकेको कांग्रेसको आरोप छ। 

कांग्रेसले भनेको छ, 'नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनेको क्षणदेखि नै संविधान, लोकतान्त्रिक प्रणाली, नागरिक अधिकार, संवैधानिक संस्था र राज्यको चौथो अंग सञ्‍चार जगतमाथि नियोजितरुपमा आक्रमण गर्दै वाम गठबन्धनले पाएको अवसरको अधिकां समय र उर्जा सर्वसत्तावादी शासन स्थापना गर्ने धृष्टतामा खर्च गरिएको थियो।' 

२०७४ फागुनमा प्रधानमन्त्रीको शपथ ग्रहण गर्नासाथ संविधानप्रदत्त नैसर्गिक अधिकार नियन्त्रण गरी नागरिक आन्दोलनमाथि दमनको सुरुवा गरिएको पनि कांग्रेसले जनाएको छ। 

कांग्रेसले थपेको छ, 'अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतालाई मौलिक अधिकारको रुपमा नियन्त्रण गर्ने उद्देश्यले विवादास्पद र नियन्त्रणमुखी विधेयकहरु सरकारले ससंद्‌मा दर्ता गरेको थियो। ती विधेयकहरुले लोकतान्त्रिक प्रणाली, संविधानवाद र विधिशास्त्रको सम्पूर्ण सिद्धान्तलाई नै चुनौती दिएका थिए।' 

प्रकाशित: Oct 29, 2022| 17:00 शनिबार, कात्तिक १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...