सोमबार, असार १, २०८३

४ मंसिरको चुनावपछि प्रचण्ड प्रधानमन्त्री : बाबुराम भट्टराई

गोरखा क्षेत्र–२ बाट निर्वाचित जनप्रतिनिधि आगामी दिनमा प्रधानमन्त्री र मुख्यमन्त्री बनेपछि जिल्लाको विकास हुने भट्टराईको दाबी छ।
 |  आइतबार, कात्तिक १३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी ४ मंसिरको चुनावपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री र गण्डकीमा कांग्रेस नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने बताएका छन्। आइतबार गोरखामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन्।

National life

गोरखा क्षेत्र–२ बाट निर्वाचित जनप्रतिनिधि आगामी दिनमा प्रधानमन्त्री र मुख्यमन्त्री बनेपछि जिल्लाको विकास हुने भट्टराईको दाबी छ।

उनले भने, ‘कसैले अन्यथा नमाने हुन्छ, कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे भोलिको मुख्यमन्त्री। यही क्षेत्रले प्रधानमन्त्री र मुख्यमन्त्री पाइसकेपछि हाम्रो विकासको सपना पूरा नहुने कुरै छैन।’

प्रचण्ड गोरखा क्षेत्र–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार र सुरेन्द्र पाण्डे प्रदेशसभा सदस्य उम्मेदवार रहेका छन्।

प्रकाशित: Oct 30, 2022| 11:26 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...