निजी विमान कम्पनीहरुले आफू चरम घाटामा परेको भन्दै पार्किङ शुल्क मिनाहा गर्न आग्रह गरेका छन्। प्राधिरकणले अघिल्लो लकडाउनमा करिब ६ महिना ग्राउन्डेड भएका जहाजहरुको पार्किङ शुल्क मिनाहा गरेको थियो।
सरकारले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन तयार पारी निर्माण, लगानीको ढाँचा निर्धारण गर्ने भएको छ।
सरकारले पेट्रोलियम पदार्थबाट सञ्चालन हुने हलुका सवारी साधनलाई आगामी २०८८ सालसम्ममा विद्युतीय सवारी साधनले विस्थापन गर्ने रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयन गर्ने जनाएको छ।
सरकारले आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। वृद्धभत्ता, कर्मचारी तलव तथा भत्ता र प्रधानमन्त्री रोजगार कार्यक्रममा उल्लेख्य वृद्धि गरिएकाले नयाँ...
सरकारले भन्सारदेखि आयकरसम्ममा छुट दिएकाे छ। अर्थमन्त्री विष्णु पाैडेलले शनिबार सार्वजनिक गरेकाे आगामी आवकाे बजेटमा आयकरमा छुट दिएको छ। यस्तै विभिन्न वस्तुकाे भन्सार दरमा पनि सहुलियत दिइएकाे छ।
'सबै मानिसलाई रिझाउने मुख्य उद्देश्यले ल्याइएको बजेट विकास खर्च कम गर्न उद्दत भएर आएका रुपमा देखिएको छ,' उनले भने, ‘गएको वर्षभन्दा यस वर्ष पूँजीगत खर्च साढे एक प्रतिशतले घटेको छ।’
हामीले गर्न खोजेका थियौँ, काम गर्न दिइएन भन्ने सोचका साथ बजेट ल्याइएको आरोप लगाउँदै पूर्वऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री समेत रहेका पुनले भने, 'आर्थिक आधार र दीर्घकालीन सोचभन्दा ऋण लिएर घिउ...
'यो व्यवहारमा आधारित बजेट नै होइन, निर्वाचन गराउने परिस्थिति निर्माण गरेर मत बटुुल्न ल्याइएको बजेट राजस्वको वास्तविकतामा आधारित नभएको मात्र होइन, कोभिड–१९ को संक्रमणबाट उम्कन ठोस उपाय पनि देखिन्न,' उनले...
तेह्रथुमको चुहानडाँडा विमानस्थलको नाम आङछिरिङ शेर्पाका नामबाट गरिने भएको छ। आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त विमानस्थलको नामाकरण शेर्पाको नामबाट गर्ने बताएका हुन्।
'बजेट लोकप्रियतावादी, वितरणमुखी, 'फोकस-हीन', अत्यधिक ऋणभारयुक्त छ,' उनले लेखेका छन्, 'भ्रष्टाचार न्यूनीकरण, सुशासन र सरकारी संयन्त्रको क्षमता अभिवृद्धि बिना बजेटले न त तोकिएका लक्षहरू हासिल गर्न सक्छ, न त भ्रष्टाचारहित...
वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई ९० प्रतिशत, वार्षिक २० लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई ७५ प्रतिशत र वार्षिक ५० लाखदेखि एक करोड रुपैयाँसम्मको कारोबार भएका...
चुहानडाँडा विमानस्थलको निरीक्षण गरी ताप्लेजुङको पाथिभरा गएका अधिकारी र शेर्पासहितको टोली पाथिभराबाट फर्कने क्रममा ताप्लेजुङमा २०७५ सालमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो।
सरकारले आगामी आवमा १० खर्ब २४ अर्ब ९० करोड राजस्व उठाउने लक्ष्य लिएको छ। आन्तरिक र बाह्य गरी ५ खर्ब ५६ अर्ब ३० करोड ऋण संकलन गर्ने लक्ष्य बजेटमा राखिएको...
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै विदेशबाट फर्किएका र देशभित्रै रोजगारी गुमाएकालाई हस्तकला, बिजुली मर्मत, ब्युटिसियन, सिलाइकटाइलगायत विभिन्न सीपमूलक तालिम प्रदान गर्न ४० करोड बजेट विनियोजन...
आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले १६ खर्ब ४७ अर्बको बजेट ल्याएको छ। आगामी आवका लागि चालु खर्च तर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड विनियोजन गरिएको छ। यो...