काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्बको बजेट ल्याएको छ। यो बजेटका लागि सरकारको आम्दानीका मुख्य स्रोत राजस्व हो। राजस्वले नपुगेको अवस्थामा ऋण र अनुदान पनि लिने गरिन्छ।
सरकारले आगामी आवमा १० खर्ब २४ अर्ब ९० करोड राजस्व उठाउने लक्ष्य लिएको छ। आन्तरिक र बाह्य गरी ५ खर्ब ५६ अर्ब ३० करोड ऋण संकलन गर्ने लक्ष्य बजेटमा राखिएको छ। यसका साथै अनुदान पनि लिइने वक्तव्यमा उल्लेख छ।
आगामी आवका लागि चालु खर्च तर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड विनियोजन गरिएको छ। यो कुल बजेटको ४१.२ प्रतिशत हो। यस्तै विकास (पुँजीगत) खर्चतर्फ भने ३ खर्ब ४७ अर्ब २६ करोड विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ।
यस्तो बजेटको पूर्ण पाठ