मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • यो व्यवहारिक बजेट होइन, मत बटुल्न सहयोग पुगोस् भन्ने मात्र उद्देश्य छ : कांग्रेस

यो व्यवहारिक बजेट होइन, मत बटुल्न सहयोग पुगोस् भन्ने मात्र उद्देश्य छ : कांग्रेस

'यो व्यवहारमा आधारित बजेट नै होइन, निर्वाचन गराउने परिस्थिति निर्माण गरेर मत बटुुल्न ल्याइएको बजेट राजस्वको वास्तविकतामा आधारित नभएको मात्र होइन, कोभिड–१९ को संक्रमणबाट उम्कन ठोस उपाय पनि देखिन्न,' उनले भने। 
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०७८/७९ को बजेटलाई निर्वाचनलाई प्रभावित गर्ने गरी ल्याएको टिप्पणी गरेको छ।व्यावहारिकरुपबाट विश्वास गरेर हेर्नेभन्दा निर्वाचनमा राजनीतिक नारा बेच्न खोज्ने प्रयासका रुपमा हेरिएको उसको प्रतिक्रिया छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अर्थमन्त्री विष्णुप्रसाद पौडलद्वारा प्रस्तुत बजेटबाट कांग्रेसले अपेक्षा गरेजस्तो एकैपटक अर्थतन्त्र उकालो लाग्ने र राजस्वको लक्ष्य पूरा हुन सक्ने विश्वासिलो आधार दिन नसकेको प्रतिक्रिया उसले दिएको छ।

कांग्रेस नेता डा मीनेन्द्र रिजालले सरकार निर्वाचन गर्ने योजनामा रहेकाले आफ्नो पार्टीलाई चुनावमा मत बटुल्न सहयोग पुगोस् भन्ने उद्देश्यले विभिन्न नाराका साथ बजेट ल्याइएको आरोप लगाए। 

'यो व्यवहारमा आधारित बजेट नै होइन, निर्वाचन गराउने परिस्थिति निर्माण गरेर मत बटुुल्न ल्याइएको बजेट राजस्वको वास्तविकतामा आधारित नभएको मात्र होइन, कोभिड–१९ को संक्रमणबाट उम्कन ठोस उपाय पनि देखिन्न,' उनले भने। 

प्रकाशित: May 29, 2021| 14:52 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्