मंगलबार, असोज १३, २०८३

सरकारले ल्यायो १६ खर्ब ४७ अर्बको बजेट 

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले १६ खर्ब ४७ अर्बको बजेट ल्याएको छ। 
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले १६ खर्ब ४७ अर्बको बजेट ल्याएको छ।

आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेट विवरणमा यस्तो उल्लेख छ। 

आगामी आवका लागि चालु खर्च तर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड विनियोजन गरिएको छ। यो कुल बजेटको ४१.२ प्रतिशत हो। 

यस्तै विकास (पुँजीगत) खर्चतर्फ भने ३ खर्ब ४७ अर्ब २६ करोड विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ। 

सरकारले आगामी आवमा १० खर्ब २४ अर्ब ९० करोड राजस्व उठाउने लक्ष्य लिएको छ भने आन्तरिक र बाह्य रूपमा ५ खर्ब ५६ अर्ब ३० करोड संकलन गर्ने लक्ष्य राखिएको छ। 

प्रकाशित: May 29, 2021| 13:06 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्