मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विकास खर्च घटाएर लोकप्रियतावादी बजेट ल्याइयो : दीपेन्द्रबहादुर क्षेत्री

विकास खर्च घटाएर लोकप्रियतावादी बजेट ल्याइयो : दीपेन्द्रबहादुर क्षेत्री

'सबै मानिसलाई रिझाउने मुख्य उद्देश्यले ल्याइएको बजेट विकास खर्च कम गर्न उद्दत भएर आएका रुपमा देखिएको छ,' उनले भने, ‘गएको वर्षभन्दा यस वर्ष पूँजीगत खर्च साढे एक प्रतिशतले घटेको छ।’
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले विकास खर्च घटाएर लोकप्रियतावादी बजेट ल्याइएको टिप्पणी गरेका छन्। सरकारको आर्थिक वर्ष २०७८/७९ को आयव्ययको अनुमानित विवरण(बजेट)का सम्बन्धमा प्रारम्भिक प्रतिक्रिया दिँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन्। 

'सबै मानिसलाई रिझाउने मुख्य उद्देश्यले ल्याइएको बजेट विकास खर्च कम गर्न उद्दत भएर आएका रुपमा देखिएको छ,' उनले भने, ‘गएको वर्षभन्दा यस वर्ष पूँजीगत खर्च साढे एक प्रतिशतले घटेको छ।’

 सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्बको बजेट ल्याएको छ। आगामी आवका लागि चालु खर्च तर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड विनियोजन गरिएको छ। यो कुल बजेटको ४१.२ प्रतिशत हो।

यस्तै विकास (पुँजीगत) खर्चतर्फ भने ३ खर्ब ४७ अर्ब २६ करोड विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ। 

प्रकाशित: May 29, 2021| 15:00 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्