मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बजेट लोकप्रियतावादी, वितरणमुखी र फोकसहीन छ : रवीन्द्र मिश्र

बजेट लोकप्रियतावादी, वितरणमुखी र फोकसहीन छ : रवीन्द्र मिश्र

'बजेट लोकप्रियतावादी, वितरणमुखी, 'फोकस-हीन', अत्यधिक ऋणभारयुक्त छ,' उनले लेखेका छन्, 'भ्रष्टाचार न्यूनीकरण, सुशासन र सरकारी संयन्त्रको क्षमता अभिवृद्धि बिना बजेटले न त तोकिएका लक्षहरू हासिल गर्न सक्छ, न त भ्रष्टाचारहित ढङ्गबाट प्रभावकारी रूपमा त्यो खर्च हुन सक्छ। त्यसतर्फ कुनै चासो देखिएन।'
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं- साझा विवेकशील पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट फोकसहीन भएको टिप्पणी गरेका छन्। फेसबुकमा स्टाटस लेख्दै मिश्रले बजेट लोकप्रियतावादी, वितरणमुखी, 'फोकस-हीन', अत्यधिक ऋणभारयुक्त भएको उल्लेख गरेका हुन्।

'बजेट लोकप्रियतावादी, वितरणमुखी, 'फोकस-हीन', अत्यधिक ऋणभारयुक्त छ,' उनले लेखेका छन्, 'भ्रष्टाचार न्यूनीकरण, सुशासन र सरकारी संयन्त्रको क्षमता अभिवृद्धि बिना बजेटले न त तोकिएका लक्षहरू हासिल गर्न सक्छ, न त भ्रष्टाचारहित ढङ्गबाट प्रभावकारी रूपमा त्यो खर्च हुन सक्छ। त्यसतर्फ कुनै चासो देखिएन।'

भ्रष्टाचार न्यूनीकरण र राज्यको क्षमता अभिवृद्धीबिना ऋणभार बढाउँदै लोकप्रियतावादी र वितरणमुखी भएर निर्माण गर्न खोजिएको कल्याणकारी राज्यले कालान्तरमा अर्थतन्त्रलाई धरासायी बनाउने उनको भनाइ छ।

प्रकाशित: May 29, 2021| 14:26 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्