मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • १० खर्ब २४ अर्ब राजस्व उठाउने सरकारको लक्ष्य, ५ खर्ब ५६ अर्ब ऋण उठाइने

१० खर्ब २४ अर्ब राजस्व उठाउने सरकारको लक्ष्य, ५ खर्ब ५६ अर्ब ऋण उठाइने

आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले १६ खर्ब ४७ अर्बको बजेट ल्याएको छ। आगामी आवका लागि चालु खर्च तर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड विनियोजन गरिएको छ। यो कुल बजेटको ४१.२ प्रतिशत हो। 
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं- सरकारले आगामी आवमा १० खर्ब २४ अर्ब ९० करोड राजस्व उठाउने लक्ष्य लिएको छ। आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेट विवरणमा यस्तो उल्लेख गरिएको हो। 

यस्तै आगामी आवमा आन्तरिक र बाह्य रूपमा ५ खर्ब ५६ अर्ब ३० करोड ऋण संकलन गर्ने लक्ष्य राखिएको समेत उनले उल्लेख गरे। 

आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले १६ खर्ब ४७ अर्बको बजेट ल्याएको छ। आगामी आवका लागि चालु खर्च तर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड विनियोजन गरिएको छ। यो कुल बजेटको ४१.२ प्रतिशत हो। 

यस्तै विकास (पुँजीगत) खर्चतर्फ भने ३ खर्ब ४७ अर्ब २६ करोड विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ। 

प्रकाशित: May 29, 2021| 13:17 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्