मंगलबार, असोज १३, २०८३

सुनचाँदीको मूल्य बढ्यो

नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ। 
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेर आज ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजाबी सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ। शुक्रबार १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको हो।

प्रकाशित: May 30, 2021| 06:51 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्