सार्वजनिक निजी साझेदारी मार्फत औद्योगिक पूर्वाधारमा लगानी तथा प्रवद्र्धनको लागि सहकार्य गर्ने विषयमा विशेष आर्थिक क्षेत्र प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)बीच सोमबार सम्झौता भएको छ।
यती एअरलाइन्सले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर विभिन्न उपहार योजना सार्वजनिक गरेको छ।एअरलाइन्सले धमाकेदार दसैँ तिहार योजना अन्तर्गत यात्रुहरुले स्कुटरदेखि हिरासम्मका उपहार प्राप्त गर्न सक्ने जनाएको छ।
डिशहोम फाइबरनेटले कलैया, लाहान, भैरहवा र टौदहमा सेवा विस्तार गरेको छ। देशको विभिन्न स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरि सकेको डिशहोमले जनाएको छ।
जर्मन ब्रान्ड फक्सवागनले नयाँ एसयुभी टाइगन नेपाल भित्र्याएको छ। फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेशनलले नयाँ एसयूभी टाइगन आइतबार सार्वजनिक गरेको हो।
आईपे रेमिट प्रालिले नेपालीहरुको महान् पर्व विजयादशमी, शुभदीपावली, नेपाल सम्वत् र छठलाई लक्षित गरी ‘आई पे आयो, दक्षिणा पायो’ विशेष योजना सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव कृष्णबहादुर राउतले मुख्य सचिव नेतृत्वको केन्द्रीय अनुगमन समितिले निरन्तर बैठक बसि संयुक्त बजार अनुगमन, भीड व्यवस्थापन, आवागमनमा सहजता बनाउने विषयमा विभिन्न निर्णय गरी सम्बन्धित मन्त्रालयमा...
गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानी र शेयर खरीद–बिक्रीकोे खुलासा।
अमेरिकी व्यापारिक पत्रिका फोर्ब्सको सूचीका एक मात्र नेपाली अर्बपति (अमेरिकी डलरमा) विनोद चौधरीको परिवारले नेपालको कानून छलेर ट्याक्स हेभन मुलुकमा कम्पनी खोल्ने, त्यसैबाट नेपालमा विदेशी लगानी भित्र्याउने, लाभांश रकम लैजाने...
कर छल्ने उद्देश्यले खोलिने अफशोर कम्पनीमा नेपालको पुरानो व्यावसायिक घराना गोल्छा परिवारका केही सदस्यको लगानी भेटिएको छ। र, ती अफशोर कम्पनी मार्फत नेपालमा खोलिएका चिनी मिलले ‘किसानलाई ठग्दै आएको’ खुलेको...
विद्युतको पोल त सार्वजनिक सम्पत्ति नै हो। जुन ठाउँमा गाडेको छ, त्यो पनि सार्वजनिक सम्पत्ति हो। सडक चौडा भएको ठाउँमा विद्युतका पोल गाडिएका छन्, त्यो त जग्गा नै जनताको हो...
हाल बैंकमा निक्षेप जम्मा भइरहेको र साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेट्ने गरी निक्षेपमा एनएमबिले उच्च ब्याज प्रदान गर्दै आइरहेकोे छ।
चालू आर्थिक वर्षको पहिलो दुई महिना साउन–भदौको ग्यास खपतको तथ्यांकअनुसार मुलुकमा दैनिक ९७ हजार २४२ सिलिन्डर प्रयोग भइरहेका छन्। साउन र भदौमा गरी ८ करोड २८ लाख ४९ हजार ५३८...