शनिबार, असोज १७, २०८३

फक्सवागनको नयाँ एसयूभी टाइगन नेपाली बजारमा

जर्मन ब्रान्ड फक्सवागनले नयाँ एसयुभी टाइगन नेपाल भित्र्याएको छ। फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेशनलले नयाँ एसयूभी टाइगन आइतबार सार्वजनिक गरेको हो।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं– जर्मन ब्रान्ड फक्सवागनले नयाँ एसयुभी टाइगन नेपाल भित्र्याएको छ। फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेशनलले नयाँ एसयूभी टाइगन आइतबार सार्वजनिक गरेको  हो।  

आइतबार सोल्टी होटलमा जर्मन राजदूत डा. थोमस पिन्जको उपस्थितिमा नयाँ टाइगन लन्च गरिएको हो। कम्पनीले सीमित अवधिका लागि गाडीको सुरूवाती मूल्य ५० लाख  ९० हजार तोकेको छ। ३ वटा भेरियन्टमा उपलब्ध रहेको गाडीमा टाइगन हाइलाइनको मूल्य ६३ लाख ९० हजार, टाइगन टपलाइनको मूल्य ६९ लाख ९० हजार रूपैयाँ तोकिएको छ। 

टाइगनमा ९९९ सीसीको टर्बो चार्ज्ड टीएसआई इन्जिन छ। १.० लिटरको इन्जिनले ११५ पीएस पावर र १७८ एनएम टर्क जेनेरेट गर्छ। 

गाडीमा डीआरएलएस इन्टिग्रेटेड एलईडी हेडल्याम्प र इलेक्ट्रोनिक्स सनप्रुफ रुफ छ। डुअल टोन इन्टेरियर्स रहेको गाडीमा स्पोर्टी रेड एम्बिएन्ट लाइटिङ, भेन्टिलेटेड सिट, ३८५ लिटरको बुट स्पेस छ। 

गाडीमा सुरक्षालाई विशेष जोड दिइएको छ। त्यसका लागि इलेक्ट्रोनिक्स स्टेबिलिटी कन्ट्रोल ९स्थिरता नियन्त्रण०, गाडीमा ६ वटासम्म एयरब्याग, मल्टी कोलिसन ब्रेक, हिल होल्ड कन्ट्रोल, ३ पोइन्ट सिट बेल्ट, पार्क डिस्ट्यान्स कन्ट्रोल भ्यु क्यामेरा, टायर प्रेसर डिफ्लेसन वार्निङजस्ता विशेष फिचर रहेका छन्। 

सिल्भर, रेड, एल्लो, ग्रे, ह्वाइट कलरमा रहेको छ। टाइगुनले ९.१ सेकेन्डमै १०० किमी प्रतिघण्टासम्मको गति लिन सक्छ। गाडीमा ग्राउन्ड किलियरेन्स १८८ एमएम रहेको छ। 

कम्पनीले पहिलो १०० ग्राहकलाई निःशुल्क एसोसिरिज र नगद छुट दिएको छ। १ वर्षमा हजार टाइगुन बिक्री वितरण गर्ने लक्ष्य राखिएको छ। फक्सवागनले नेपालमा पोलो, भेन्टो लगायतका मोडल विक्रि गर्दै आएको छ।

प्रकाशित: Oct 04, 2021| 12:55 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्