शनिबार, असोज १७, २०८३

आईपे रेमिटको दसैं अफरमा १ लाख जित्न सकिने

आईपे रेमिट प्रालिले नेपालीहरुको महान् पर्व विजयादशमी, शुभदीपावली, नेपाल सम्वत् र छठलाई लक्षित गरी ‘आई पे आयो, दक्षिणा पायो’ विशेष योजना सार्वजनिक गरेको छ ।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं– आईपे रेमिट प्रालिले नेपालीहरुको महान् पर्व विजयादशमी, शुभदीपावली, नेपाल सम्वत् र छठलाई लक्षित गरी ‘आई पे आयो, दक्षिणा पायो’ विशेष योजना सार्वजनिक गरेको छ । 

यस योजना असोज १५ गतेबाट सुरु भई कात्तिक २५ गतेसम्म लागू हुनेछ । सो आयोजनाअन्तर्गत पाँच हजार र एक लाख रुपैयाँ जित्न सकिनेछ । 

कम्पनीका अनुसार योजनाअन्तर्गत  हरेक दिन पाँच जना भाग्यशाली विजेताले दक्षिणास्वरुप दुई हजार रुपैयाँ हरेक हप्ता भुक्तानी दिने भाग्यशाली पाँच जाना साझेदार मित्रहरुलाई दक्षिणास्वरुप पाँच हजार  र बम्परमा एक जना भाग्यशाली विजेताले दक्षिणास्वरुप एक लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् । 

आई पे आयो, दक्षिणा पाया योजनामा मलेसिया, जापानलगायत विश्वको विभिन्न मुलुकबाट आई पे रेमिटमार्फत धेरैभन्दा धेरै कारोबार गरी योजनालाई सफल बनाइदिन सेवाग्राही तथा साझेदारहरुलाई कम्पनीले आग्रह गरेको छ । 

आई पे रेमिट प्रालिमार्फत नेपालको जुनसुकै ठाउँमा छरिएर रहेको १२ हजारभन्दा बढी भुक्तानी केन्द्रबाट आई पे रेमिटमार्फत पठाएको पैसा सजिलै प्राप्त गर्न सकिनुका साथै नेपालको जुनसुकै बैंक तथा वित्तीय संस्थामा तत्काल रकम भुक्तानी गर्नसक्ने सुविधा रहेको छ । 

यस्तै २३ भन्दा बढी इ–वालेटमार्फत रकम भुक्तानी गर्न सकिने कम्पनीका बजार प्रमुख रुपनारायण श्रेष्ठले बताए ।

प्रकाशित: Oct 04, 2021| 12:50 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्