शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • डिशहोम फाइबरनेटको सेवा टौदह, कलैया, लहान र भैरहवामा विस्तार

डिशहोम फाइबरनेटको सेवा टौदह, कलैया, लहान र भैरहवामा विस्तार

डिशहोम फाइबरनेटले कलैया, लाहान, भैरहवा र टौदहमा सेवा विस्तार गरेको छ। देशको विभिन्न स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरि सकेको डिशहोमले जनाएको छ।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं– डिशहोम फाइबरनेटले कलैया, लाहान, भैरहवा र टौदहमा सेवा विस्तार गरेको छ। देशको विभिन्न स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरि सकेको डिशहोमले जनाएको छ। 

नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट नेपालका प्रमुख शहर काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपुर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा र बिराटनगर  लगायत अन्य स्थानमा पुगिसकेको छ। 

बिक्रि प्रबन्धक मनोज शर्माले दिएको जानकारी अनुसार छिटै नेपालगञ्ज, धनगढी र नारायणघाटमा पनि पुग्दैछ। अहिले नेपालीहरुको घर आँगनमा चाड पर्वको मौसम छाई सकेको छ, यो रमाईलो पर्वको मौसममा थप खुशीयाली र उत्साह थप्न डिशहोम फाईवरनेटले ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना सञ्चालन गरेको डिशहोमले जनाएको छ। 

२०७८ असोज ११ गते देखि लागू भएको यो योजना अन्तरगत डिशहोम फाईवरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन्। स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ।

प्रकाशित: Oct 04, 2021| 13:00 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्