शनिबार, असोज १७, २०८३

सेलपेले ल्यायो दसैं अफर

भुक्तानी सेवा प्रदायक सेलकम प्रा। लि। को सेलपे सेवाले दसैँको अवसरमा ग्राहकका लागि आकर्षक अफर ल्याएको छ।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं– भुक्तानी सेवा प्रदायक सेलकम प्रा। लि। को सेलपे सेवाले दसैँको अवसरमा ग्राहकका लागि आकर्षक अफर ल्याएको छ। 

यस योजना अन्तर्गत हरेक दिन १०० जना ग्राहकहरुले १ जीवी डाटा प्याक १० दिनका लागि र १ जना लक्की बिजेताले लक्की ड्र मार्फत ‘सामसङ ग्यालेक्सी फ्लिप३ पाउने छन्। यो योजना असोज १७ गतेदेखि असोज २६ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने सेवा हो।  यसबाट वास्तविक समयमा भुक्तानी, सरल र सुरक्षित, बैंक खाताका साथै वालेटबाट पनि कारोबार गर्न सकिने लगायतका विशेषता रहेको कम्पनीले जनाएको छ।

सेलपेद्वारा विभिन्न दूरसञ्चार सेवा, विजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, इन्स्योरेन्सको भुक्तानी, सेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव ५ लाख मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पी२ पी,  पी२बी, बी२पी, बी२बी आदि वास्तविक समयमा गर्न सकिन्छ। साथै ग्राहकहरुले सेलपे कार्ट सेवा मार्फत सजिलै घरमै बसी बसी बिभिन्न सामानहरु खरिद गर्न सकिने छ।

प्रकाशित: Oct 04, 2021| 13:09 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्