शनिबार, असोज १७, २०८३

फोर्ड एभरेष्ट गाडीको बुकिङ खुल्यो

नेपालका लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जीओ अटोमोबाइल्स प्रालिले फोर्ड एभरेष्टको बुकिङ खुला गरेको छ।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं– नेपालका लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जीओ अटोमोबाइल्स प्रालिले फोर्ड एभरेष्टको बुकिङ खुला गरेको छ। 

फोर्ड एभरेष्ट २.० लि. वाई– टर्वो डिजेल इन्जिन र विश्वमै पहिलो १० स्पीड अटोकेटिक ट्रान्समिसन भएको कम्पनीको दाबी छ।

यसको शुरुवाती नेपाली मूल्य रु. १ करोड ९९ लाख  रहेको छ।  कम्पनीका अनुसार अफ–रोडका उत्कृष्ट प्रदर्शन गर्न सक्ने यस गाडीको सर्भिसिङ्ग मूल्य अत्यन्तै किफायती रहेको छ भने यसमा रहेको विषेश सुविधाहरुले नेपालको प्रिमियम एसयूभी बजारमा २०२२ फोर्ड एभरेष्टले एक नयाँ वेन्चमार्क बनाउने छ। 

विश्व बजार र एसिया क्षेत्रमा फोर्ड एभरेष्ट एकदमै लोकप्रिय एसयूभी भएको कम्पनीको भनाई छ। कम्पनीका अनुसार पहिलो पटक २००३ मा बजारमा आएको फोर्ड एभरेष्टको अहिलेको दोस्रो संस्करणको मोडल २०१५ देखि बजारमा उपलब्ध भएको थियो। परिवारसँगको यात्रा फोर्ड एभरेष्टले एकदमै आरामदायी बनाउँछ। ठूलो गाडी भए पनि एभरेष्ट चलाउन एकदमै सजिलो छ जसमा भएको लाइट स्टेरिङ्गले पाकिङ्ग गर्दा पनि सहज महसुस गराउँछ।

यस बाहेक, इन्जिनमा भएको पर्याप्त टर्कको मद्दतले आवश्यक आक्सिलेरेसन पनि सजिलै बढाउन मिल्छ। यस्ता आकर्षक फिचरहरुले फोर्ड एभरेष्ट गाडीलाई ड्राइभिङ्ग गतिशीलतामा विषेश बनाउँछ। 

प्रकाशित: Oct 04, 2021| 13:15 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्