शनिबार, असोज १७, २०८३

एनएमबिको मुद्दति निक्षेपमा ९.५२ प्रतिशत ब्याज

हाल बैंकमा निक्षेप जम्मा भइरहेको र साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेट्ने गरी निक्षेपमा एनएमबिले उच्च ब्याज प्रदान गर्दै आइरहेकोे छ।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

काठमाडौं– हाल बैंकमा निक्षेप जम्मा भइरहेको र साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेट्ने गरी निक्षेपमा एनएमबिले उच्च ब्याज प्रदान गर्दै आइरहेकोे छ।

नयाँ योजना अन्तर्गत बैंकले सर्वसाधारण ग्राहकलाई  मुद्दतिमा ९.५२ प्रतिशत वार्षिक ब्याजदर (०.५ % प्रिमियम सहित) प्रदान गर्ने जनाएको छ। 

एनएमबि बैंकमा खाता नभएका ग्राहकहरुले भिडीयो केवाईसीमार्फत ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सक्नेछन्। यसमार्फत ग्राहकहरुले अनलाइन खाताको शुरुदेखि अन्त्यसम्मको प्रक्रिया बैंकसम्म नधाईकनै डिजिटल रुपमा सम्पन्न गर्न सक्नेछन्। ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्छन्।

बैंकले देशभरीका १८१ शाखाहरुका साथै १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।  


प्रकाशित: Oct 03, 2021| 15:30 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्