शनिबार, असोज १७, २०८३

सेज र निफ्राबीच सहकार्यको सम्झौता

सार्वजनिक निजी साझेदारी मार्फत औद्योगिक पूर्वाधारमा लगानी तथा प्रवद्र्धनको लागि सहकार्य गर्ने विषयमा विशेष आर्थिक क्षेत्र प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)बीच सोमबार सम्झौता भएको छ।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं– सार्वजनिक निजी साझेदारी मार्फत औद्योगिक पूर्वाधारमा लगानी तथा प्रवद्र्धनको लागि सहकार्य गर्ने विषयमा विशेष आर्थिक क्षेत्र प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)बीच सोमबार सम्झौता भएको छ।

सम्झौतामा सेजको तर्फबाट कार्यकारी निर्देशक बलराम रिज्याल र निफ्राको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन्। 

समझदारीपत्रको मूल उद्देश्य पाँचखाल विशेष आर्थिक क्षेत्र तथा बारा जिल्लाको सिमरामा अवस्थित विशेष आर्थिक क्षेत्र ब्लक ‘बी’ र ‘सी’ को प्राविधिक र आर्थिक प्राविधिक विश्लेषण, परियोजनाको बजारीकरण र विकासकर्ता छनोटका लागि आवश्यक सहयोग गर्ने रहेको छ। 

सो सम्झौतामा बैंकले ती क्षेत्रहरुमा लगानीको लागि नेतृत्वमा स्वपुँजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट विशेष आर्थिक क्षेत्रहरुको विकास तथा कार्यान्वयन गर्ने रहेको जारी विज्ञप्तिमा उल्लेख छ।


प्रकाशित: Oct 04, 2021| 14:10 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्