शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • यती एअरलाइन्सको दसैं तिहार अफरमा स्कुटरदेखि हिरा उपहार

यती एअरलाइन्सको दसैं तिहार अफरमा स्कुटरदेखि हिरा उपहार

यती एअरलाइन्सले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर विभिन्न उपहार योजना सार्वजनिक गरेको छ।एअरलाइन्सले धमाकेदार दसैँ तिहार योजना अन्तर्गत यात्रुहरुले स्कुटरदेखि हिरासम्मका उपहार प्राप्त गर्न सक्ने जनाएको छ।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं– यती एअरलाइन्सले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर विभिन्न उपहार योजना सार्वजनिक गरेको छ।एअरलाइन्सले धमाकेदार दसैँ तिहार योजना अन्तर्गत यात्रुहरुले स्कुटरदेखि हिरासम्मका उपहार प्राप्त गर्न सक्ने जनाएको छ। 

उक्त अभियानमा प्रथम विजेतालाई यामाहाको फसिनो १२५ एफआई स्कुटर, दोस्रो विजेता एक जोडीका लागि दुबई जाने आउने हवाई टिकट र तेस्रो हुनेलाई हिराको टप प्रदान गरिने एअरलाइन्सले बताएको छ।

यो योजना असोज २१ देखि कार्तिक २४ गतेसम्म यती एअरलाइन्स मार्फत् उडान गर्ने सम्पूर्ण यात्रुहरुमा लागू हुनेछ। अग्रिम टिकट बुकिङ गरी यसै समयावधिमा उडान गर्ने सम्पूर्ण यात्रुहरुलाई पनि यो योजना लागू हुने कम्पनीले जनाएको छ।

३४ दिनसम्म चल्ने यस धमाकेदार दसैँ तिहार योजना अन्तर्गत प्रथम पुरस्कारको प्रायोजन यमाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेज, दोस्रो पुरस्कार सस्तो टिकट अनलाइन ट्राभल एजेन्सी र तेस्रो पुरस्कार श्री बालाजी डाइमण्डले प्रायोजन गरेकोे एयरलाइन्सले जानकारी दिएको छ।

यो अफरमा सहभागी हुनका लागि यती एअरलाइन्सका यात्रुहरुले यात्रा अघि विमानस्थलमा चेक–ईन गर्दा बोर्डिङ पाससँगै प्राप्त गर्ने ‘लक्की ड्र’ कुपन भरेर ड्रप बक्समा खसाल्नु पर्नेछ। एकतर्फी यात्रा गर्दा १ वटा मात्र कुपन पाइने छ भने सोही अवधिका लागि एकैपटक दुईतर्फी टिकट काटेर यात्रा गर्दा एकतर्फी मै २ वटा कुपन पाइने बताइएको छ। अर्थात् एकैपटक दुइतर्फी टिकट लिएर यात्रा गर्दा एकैजनाले ४ वटा ‘लक्की ड्र’ कुपन पाउने छन्। 

असोज २१ देखि कार्तिक २४ सम्म भरिएका कुपनहरुलाई संकलन गरी गोलाप्रथा मार्फत् प्रथम, द्वितीय र तृतीय विजेता छुट्याइने र यसको जानकारी आफ्ना सोसल मिडियामार्फत् सार्वजनिक गरिने यती एअरलाइन्सले जनाएको छ। हाल यतीले ५ वटा एटीआर–७२ विमान मार्फत् विभिन्न ८ वटा गन्तव्यहरुमा उडान भर्दै आएको छ। 

प्रकाशित: Oct 04, 2021| 13:30 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्