रिलायन्स लाइफ इन्स्योरेन्सकी बीमाकर्मी दाकिपा शेर्पाले रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ब्यानर विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराएका छन्। दाकिपा शेर्पा पेशाले क्लाईम्विङ गाइड हुन्।
बिमा समिति र कम्पनीहरूले बिमामा सर्वसाधारणलाई आकर्षित गराउन जनचेतनामूलक कार्यक्रम लिएर स्थानीय तहमा जान थालेपछि सर्वसाधारणको बिमाप्रति रुचि बढ्न थालेको हो।
राष्ट्रिय सूचना आयोगमा सूचनाको माग गरेर करिब एक हजार १०० उजुरी परेका छन्। नागरिकलाई सूचना उपलब्ध नगराएकामा अहिलेसम्म ३२ कार्यालय प्रमुखलाई कारबाही गरिएको आयोगले जनाएको छ ।
सञ्चारमाध्यममा प्रयोग हुने भाषाको मानकीकरणका लागि प्रेस काउन्सिल नेपाललगायत सञ्चारसँग सम्बन्धित संस्थाले भाषासंहिता ल्याउन विज्ञ एवं सञ्चारकर्मीले सुझाव दिएका छन्।
शर्माको राजीनामा स्वीकृत भएपछि अर्थ मन्त्रालय प्रधानमन्त्री देउवाले आफैँसँग राखेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थको जिम्मेवारी प्रधानमन्त्री देउवालाई दिइएको जानकारी गराएकी हुन्।
अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय छानबिन समिति गठनको माग गरिरहेका बेला यस्तो समिति बनाउन सत्ताधारी दल सहमत भएका हुन्।