शुक्रबार, असोज ९, २०८३

८ लाख करदाता थपिए

आर्थिक वर्ष २०७८/७९ मा स्थायी लेखा नम्बर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या ८ लाख ४ हजार ४१५ ले थपिएको अर्थ मन्त्रालयले जानकारी दिएको हो।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

काठमाडौं- नेपालमा एक वर्षमा ८ लाख करदाता थपिएका छन्। आर्थिक वर्ष २०७८/७९ मा स्थायी लेखा नम्बर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या ८ लाख ४ हजार ४१५ ले थपिएको अर्थ मन्त्रालयले जानकारी दिएको हो। 

२०७९ असार मसान्तसम्ममा कुल करदाताको संख्या ५२ लाख ६५ हजार ४४२ रहेको छ। 

मन्त्रालयका अनुसार व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ३० लाख ५८ हजार १८८ पुगेको  छ। करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर १८ हजार ९४ पुगेको छ भने भ्याटमा दर्ता हुने करदाताको संख्या  २ लाख ९५ हजार ५४६ छ। अन्तःशुल्कमा १  लाख १५ हजार ८३४ करदाता रहेका छन्। व्यावसायिक प्यानमा दर्ता भएका करदाताको संख्या १७ लाख ७७ हजार ७८० छ। 

सरकारले अहिले भुक्तानीमा प्यान अनिवार्य गरेको छ। फलस्वरुप व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या पछिल्ला वर्षमा तीव्र रुपमा बढ्न थालेको हो।

प्रकाशित: Aug 12, 2022| 20:43 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्