शुक्रबार, असोज ९, २०८३

१९ अंकले घट्यो नेप्से, १२ समूह राताम्य

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। २२३ कम्पनीको ६२ लाख ९८ हजार ६२८ कित्ता सेयर १ अर्ब ७६ करोड १० लाख २३ हजार ३९ रुपैयाँमा खरिदबिक्री भयो। बुधबार १ अर्ब ९३ बराबरको सेयर कारोबार भएको थियो।
 |  बिहीबार, साउन २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९

काठमाडौं- बिहीबार नेप्से परिसूचक १८.९६ प्रतिशतले घटेर २०३७.९२ विन्दुमा झरेको छ। सोमबारदेखि निरन्तर ओरालो लागेको सेयर बजारले बिहीबार पनि 'ट्रेन्ड चेन्ज' गर्न नसकेको हो। 

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। २२३ कम्पनीको ६२ लाख ९८ हजार ६२८ कित्ता सेयर १ अर्ब ७६ करोड १० लाख २३ हजार ३९ रुपैयाँमा खरिदबिक्री भयो। बुधबार १ अर्ब ९३  बराबरको सेयर कारोबार भएको थियो।

१२ समूह रातै भएको नेप्सेमा दुई कम्पनीको सेयर मूल्य भने १० प्रतिशतले बढेको छ। हिमालयन हाइड्रो पावर र अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य क्रमश ९.९९ र ९.९८ प्रतिशतले बढेको हो। युनिलिभर नेपालको सेयर मूल्य ८.२३ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा ७ करोड २७ लाखको सेयर कारोबार गरेर शीर्ष स्थानमा शिवम् सिमेन्ट छ। १२ समूहसूचक घट्दा म्युचुअल फन्ड सूचक भने ०.४६ प्रतिशतले बढेको छ।

प्रकाशित: Aug 11, 2022| 15:50 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्