सोमबार, जेठ २५, २०८३

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ९४ पैसा र बिक्री दर १२७ रुपैयाँ ५४ पैसा कायम गरेको छ।
 |  बिहीबार, साउन २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ९४ पैसा र बिक्री दर १२७ रुपैयाँ ५४ पैसा कायम गरेको छ। 

National life

युरो एकको खरिद दर १२९ रुपैयाँ ९२ पैसा र बिक्री दर १३० रुपैयाँ ५४ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५३ रुपैयाँ ४८ पैसा र बिक्री दर १५४ रुपैयाँ २१ पैसा छ। 

यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३३ रुपैयाँ ७० पैसा र बिक्री दर १३४ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ४६ पैसा र बिक्री दर ८८ रुपैयाँ ८८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ ०६ पैसा छ। 

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ४० पैसा र बिक्री दर ९ रुपैयाँ ४५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७९ पैसा र बिक्री दर १८ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Shivam cement

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ७७ पैसा र बिक्री दर ३३ रुपैयाँ ९२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ५७ पैसा र बिक्री दर ३४ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६२ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६८ पैसा र बिक्री दर ९ रुपैयाँ ७३ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।   -यस्तो छ आजको विनिमय दर

प्रकाशित: Aug 11, 2022| 06:51 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्