काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ १२ पैसा र बिक्री दर १२७ रुपैयाँ ७२ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३१ रुपैयाँ ४ पैसा र बिक्री दर १३२ रुपैयाँ ०२ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५५ रुपैयाँ १७ पैसा र बिक्री दर १५५ रुपैयाँ ९ पैसा छ।
यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३५ रुपैयाँ ०४ पैसा र बिक्री दर १३५ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ २६ पैसा र बिक्री दर ९० रुपैयाँ ६९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर १०० रुपैयाँ ०५ पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ५९ पैसा र बिक्री दर ९ रुपैयाँ ६३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८६ पैसा र बिक्री दर १८ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ८३ पैसा र बिक्री दर ३३ रुपैयाँ ९९ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ७७ पैसा र बिक्री दर ३४ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७३ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७७ पैसा र बिक्री दर ९ रुपैयाँ ८२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर