सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पुस १७ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन्छ : मन्त्री श्रेष्ठ

पुस १७ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन्छ : मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने बताएका छन्।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने बताएका छन्। बुधबार समाजवादी प्रेस संगठनले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले नागरिक उडड्यन प्राधिकरणको सोमवारको बोर्ड बैठकले अंग्रेजी नयाँ वर्ष जनावरी १ तारिक अर्थात पुस १७ गते सञ्चालनमा ल्याउने निर्णय गरेको जानकारी दिएका हुन्। 

National life

विमानस्थल सञ्चालन गर्नुभन्दा पहिला रिठ्ठेपानी डाँडा कटान र ल्यान्डफिल साइट स्थानान्तरण अनिवार्य रुपमा गर्नुपर्ने देखिएको बताए। मन्त्री श्रेष्ठले रिठ्ठेपानी डाँडा कटान तत्काल अघि बढाउने निर्णय भइसकेकोसमेत बताएका थिए। पोखराको फोहोर व्यवस्थापन गर्ने स्थान ल्यान्डफिल साइट व्यवस्थापनमा पोखरा महानगरले प्रतिवद्धता जनाएको बताए। 

पर्यटन मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय उडानका लागि एयर रुट मिलाउने, अन्तर्राष्ट्रिय एयरलायन्स कम्पनीसँग समन्वय गर्ने कुरा सँगसँगै अघि बढ्ने जानकारीसमेत दिए। पोखराको ब्राण्डको रुपमा परिचित शाहसिक प्याराग्लाइडिङ जोगाउन सकेसम्म उपाय खोजिने उनको भनाइ छ। 

पोखराको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि हालको विमानस्थलबारे के गर्ने भन्ने कुनै निर्णय नभएको तर सञ्चालनमा नभएका एयरपोर्टलाई वैकल्पिक व्यवस्थापन गर्ने, पर्यटनमा आधारित शाहसिक खेलको रुपमा र पर्यटनमा आधारित रहेर विकास गर्ने नीतिगत निर्णय भएको उनको भनाइ थियो। 

पोखराको चाउथेमा निर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म टर्मिनल भवन, पेरीफेरि रोड, रनवे, २५ मिटर ह्यांगर, ट्क्याक्सी वे, विमानस्थलभित्र टर्मिनल भवन, यात्रु आउजाउको बाटो, एटिआर, ३ अन्तर्राष्ट्रिय विमान र ४ ट्विनअटर विमान पार्किङका लागि भौतिक संरचना बनिसकेका छन्। विमानस्थलको बाधक रुपमा रहेको पूर्वको रिठ्ठेपानी डाँडा कटानका लागि इआइए स्वीकृत भई हालसम्म ६ सय रुख कटान भइसकेको छ। 

Shivam cement

परीक्षण उडानका लागि डाँडा कम्तीमा १४ मिटर काट्नुपर्छ। डाँडा कटान गरेर निस्किएको माटोले ल्यान्डफिल साइट पुर्ने तयारी छ। तर पोखरा महानगरले पटक–पटक ल्याण्डफिल स्थानान्तरणमा तयारीमा रहे पनि ठोस निर्णय गर्न सकेको छैन। विमानस्थलभन्दा करिब २ किलोमिटर नजिकको ल्यान्डफिल साइटमा पोखराको दैनिक २ सय टन फोहोर पुग्ने गरेको छ। नागरिक उड्डयन प्राधिकरणले १ वर्ष समय थप गरेर सन् २०२२ जुलाई १० को समयसीमा कायम थियो। विमानस्थलबाट दैनिक ६ अन्तर्राष्ट्रिय र ४८ आन्तरिक उडान हुनसक्ने प्राधिकरणले जनाएको छ।

प्रकाशित: Aug 10, 2022| 21:51 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्