सोमबार, जेठ २५, २०८३

तोलामा ७०० ले बढ्यो सुनको मूल्य

नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला सात सयले बढेर ९७ हजार तीन सय तोकिएको छ।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

काठमाडौं- नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला सात सयले बढेर ९७ हजार तीन सय तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार छ सयमा कारोबार भएका थियो।

National life

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार आठ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार एक सय थियो।  

त्यस्तै शुक्रबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला एक हजार दुई सय २५ कायम रहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासंघले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।

प्रकाशित: Aug 12, 2022| 12:06 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्