सर्लाही- घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीमा आर्थिक वर्ष २०७८ /७९ मा दुई हजार एक सय ८७ नयाँ उद्योग दर्ता भएका छन्। ती मध्ये एक हजार पाँच सय ४१ कृषिजन्य उद्योग दर्ता भएका छन्।
आव २०७८ /७९ मा सेवामूलक चार सय १५, उत्पादनमूलक दुई सय ३१ र कृषिजन्य एक हजार पाँच सय ४१ उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जीतेन्द्रकिशोर गुप्ताले जानकारी दिए। उनका अनुसार आव २०७७ /७८ मा एक हजार नौ सय ४३ नयाँ उद्योग दर्ता भएका थिए।
आव २०७७ /७८ मा आव २०७८ /७९ को जस्तै सबैभन्दा बढी कृषि तथा वन्यजन्तुतर्फ एक हजार तीन सय २४ उद्योग दर्ता भएका थिए। सेवातर्फ चार सय ३० र उत्पादनतर्फ एक सय ८९ उद्योग दर्ता भएका कार्यालय प्रमुख गुप्ताले बताए।
आव २०७८ /७९ मा नयाँ र वाणिज्यतर्फ दर्ता भएका उद्योगबाट दुई करोड ९१ हजार राजस्व सङ्कलन भएको छ। जिल्लामा आव २०७८ /७९ मा पाँच हजार चार सय ३० पुरुष र ३६ हजार ५० महिलाले रोजगारी पाएका कार्यालयले जनाएको छ। -रासस