शनिबार, वैशाख २२, २०८१

भन्सारमै अड्किए ४ हजार गाडी, ८ अर्ब राजस्व रोकियो

फोर्स मोटर्सको आयातकर्ता हिमालय अर्गनाइजेसनका अध्यक्षसमेत रहेका थापा व्यवसायीहरू थप लगानी गर्न नसक्ने अवस्थामा रहेको कारण गाडी तत्कालै छुटाउन नसकिने बताउँछन्।
 |  बिहीबार, साउन २६, २०७९

भीमा पन्थी

भीमा पन्थी

बिहीबार, साउन २६, २०७९

काठमाडौं- व्यापारिक प्रयोजनका लागि ल्याइएका गाडीहरु (कमर्सियल) लामो समयदेखि भन्सार कार्यालयहरूमा थन्किएका छन्। बजारमा माग नभएपछि आयातकर्ताले भन्सार छुटाउन नचाहेपछि भैरहवा र वीरगञ्ज भन्सारमा कमर्सियल गाडीको लाम लागेको छ। 

triton college

बजारमा कमर्सियल गाडी बिक्री हुने सम्भावना नै नभएका कारण कमर्सियल गाडी भन्सारमा नै रोकिएका हुन्। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल(नाडा)ले करिब ४ हजार कमर्सियल गाडी भन्सारमा नै रोकिएको दाबी गरेको छ। 

वीरगञ्ज भन्सारमा करिब तीन हजारको हाराहारीमा गाडी रोकिएका छन्। वीरगञ्ज आईसीपीमा मात्रै करिब साढे १ हजार ७ सय गाडी रोकिएका छन् भने सीमापारि १ हजार ५ सयको हाराहारीमा सवारीसाधन रहेको बताइएको छ। इन्टरमोडल यातायात समितिका वीरगञ्ज प्रमुख कमल ज्ञवालीका अनुसार भन्सारमा रेलबाट पनि गाडी आउने गरेका थिए। तर भन्सार छुटाएर गाडी ल्याउन व्यवसायीले नै नचाहेका हुन्। 

भैरहवा भन्सार कार्यालयमा कार, जिप, भ्यान र पिकअप गरी ६ देखि ७ सयको हाराहारीमा रहेका छन्। कार्यालयका सूचना अधिकारी तीर्थराज पासवानका अनुसार व्यावसायीले बिलम्ब शुल्क तिरेर गाडी राखेका हुन्।

प्रकाशित: Aug 11, 2022| 13:16 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्