शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बागमतीले बढायो चालक अनुमतिपत्रको दैनिक आवेदन संख्या

बागमतीले बढायो चालक अनुमतिपत्रको दैनिक आवेदन संख्या

मन्त्रालयले सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिने र वर्ग थप्ने सेवाग्राहीको चाप व्यवस्थापन गर्न दैनिक आवेदन संख्या वृद्धि गरेको हो।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

काठमाडौं– बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले शनिबारदेखि सवारी चालक अनुमतिपत्रका लागि दैनिक आवेदन दिनेको संख्या बढाएको छ।

मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि आवेदन दिने र वर्ग थप्ने सेवाग्राहीको चाप व्यवस्थापन गर्न ललितपुरको एकान्तकुना, काठमाडौंको ठूलो भर्‍याङ र चाबहिल, भक्तपुरको राधेराधे र मकवानपुरको हेटौंडा कार्यालयमा शनिबार साढे ४ बजेदेखि लागू हुने गरी आवेदन संख्या बढाइएको मन्त्रालयको सूचनामा भनिएको छ।

प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले आवेदकको चाप बढेकाले यसअघि लिने गरिएको दैनिक आवेदन संख्याको तुलनामा करिब १,२०० सयले वृद्धि गरिएको बताए। ‘मन्त्रालयले जारी गरेको सूचनामा २७ र २८ साउनको आवेदन संख्या हेर्दा घटेजस्तो देखिए पनि पहिलेको तुलनामा बढाइएको संख्या हो,’ प्रवक्ता पोखरेलले भने। 

अनलाइनमार्फत सेवाग्राहीले आवेदन दिन सक्नेछन्। अधिक चाप वा दैनिक कोटा सकिए पनि अर्को मितिका लागि आवेदन दिन सकिनेछ।

प्रकाशित: Aug 12, 2022| 13:27 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्