सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सरकार शैक्षिक बेरोजगारी अन्त्य गर्न प्रतिबद्ध : प्रधानमन्त्री देउवा

सरकार शैक्षिक बेरोजगारी अन्त्य गर्न प्रतिबद्ध : प्रधानमन्त्री देउवा

सरकारी तहबाट युवा केन्द्रित गतिविधिको कार्ययोजना निर्माण तथा कार्य सम्पादनका लागि सहयोग रहने प्रधानमन्त्री देउवाको प्रतिबद्धता।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा विद्यमान शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। शुक्रबार अन्तर्राष्ट्रिय युवा दिवस अवसरमा युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो प्रतिबद्धता जनाएका हुन्।

National life

प्रधानमन्त्री देउवाले भने, ‘मुलुकमा युवा वर्गमा रहेको शैक्षिक बेरोजगारी अन्त्य गर्न प्रतिबद्ध हुन आवश्यक छ। सरकारी तहबाट युवा केन्द्रित गतिविधिको कार्ययोजना निर्माण तथा कार्य सम्पादन कार्यभार रहेको युवा परिषद्ले पाएको छ।’

सरकारले उद्यमशीलता विकास र युवालाई रोजगारी प्रवद्र्धन, विकास निर्माणमा युवा सहभागिता, युवा वर्गको नेतृत्व विकासलगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको उनले बताए।

देउवाले भने, ‘परिषद्ले युवा उद्यमशीलता विकास र युवालाई रोजगारी प्रवद्र्धन, विकास निर्माणमा युवा सहभागिता, युवा वर्गको नेतृत्व विकास र युवा स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको छ। यसलाई आगामी दिनमा अझ  प्रवद्र्धन गरी बढीभन्दा बढी युवालाई सहभागिता गराउन आवश्यक छ। युवालाई जीवनोपयोगी सीप र सिकाइ स्वदेशमै सहज रूपमा जीविकोपार्जन गर्न सक्ने बनाउनुपर्छ।’

प्रधानमन्त्री देउवाले धेरै युवालाई विकास निर्माण तथा उद्यमशीलतामा सहभागी गराउन आवश्यक रहेको बताए। प्रधानमन्त्री देउवाले युवालाई विकास निर्माणमा सहभागिता गराउन अन्तरपुस्ता सीप हस्तानान्तरणलगायत कार्यलाई थप प्रभावकारी बनाइनुपर्ने आवश्यकता औंल्याए।

Shivam cement

प्रकाशित: Aug 12, 2022| 14:31 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्