सोमबार, जेठ २५, २०८३

६३ पालिकाले अझै ल्याएनन् बजेट

'आर्थिक वर्ष २०७९/८० को पहिलो महिना सकिन लाग्दा पनि ६३ पालिकाले बजेट पेस गर्न सकेका छैनन्। ६८५ स्थानीय तहले मात्र हालसम्म बजेट पेस गरेका छन्,' मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भने।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९
National life
Shivam cement

काठमाडौं– देशभरका ३ स्थानीय तहले हालसम्म पनि चालु आर्थिक वर्षको बजेट सार्वजनिक नगरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बताएको छ। आर्थिक वर्षको १० असारमा पालिकाले बजेट पारित गरिसक्नुपर्ने व्यवस्था भए पनि चालु आवको पहिलो महिना कट्न लाग्दासमेत ६ स्थानीय पालिकाले बजेट सार्वजनिक नगरेका हुन्।

'आर्थिक वर्ष २०७९/८० को पहिलो महिना सकिन लाग्दा पनि ६३ पालिकाले बजेट पेस गर्न सकेका छैनन्। ६८५ स्थानीय तहले मात्र हालसम्म बजेट पेस गरेका छन्,' मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भने। 

हालसम्म बजेट पेस नगर्ने स्थानीय तहमा प्रदेश १ का ३, मधेस प्रदेशका ३९, बागमती प्रदेशका ४, लुम्बिनी प्रदेशका १०, कर्णाली प्रदेशका ३ र सुदूरपश्चिम प्रदेशका ४ पालिका रहेका छन्। गण्डकी प्रदेशका सबै स्थानीय तहले बजेट ल्याइसकेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Aug 12, 2022| 11:38 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्