कम्पनीले प्रति सेयर एक सय अङ्कित नौ करोड ७५ लाख मूल्य बराबरका नौ लाख ७५ हजार कित्ता प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ ) सर्वसाधारणमा निष्कासन गर्न लागेको हो।
पर्यटन व्यवसाय दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा होटलबाट उनलाई आयोगको टोलीले नियन्त्रणमा लिएको हो। ६ लाख रुपैयाँसहित अख्तियारको नियन्त्रणमा परेका उनको गाडी खनतलासी गर्दा थप १६ लाख रुपैयाँ...
एमालेका डा. भीम रावलले निर्दलीय अभ्यासतिर देशलाई धकेलिएको बताए। अहिले विदेशीसँग थर्कमान भई, डर मानी, संविधान मिची, उल्लंघन गरी मनपरी गर्न थालिएको उनको आरोप छ।
टू–ह्विलर्स कम्पनी टिभिएसले विराटनगरमा आफ्ना ग्राहकका लागि अपाचे ओनर्स ग्रुप (एओजी) नामक अपाचे मोटरसाइकलधनी र रोमाञ्चक राइडमा सहभागी हुन इच्छुकको समूह स्थापना गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट उत्पादनमुखी रहेकाले सबै उत्पादनमा जोडिनुपर्ने आवश्यकता रहेको बताएका छन्। मंगलबार भीमदत्त पन्त स्मृति दिवसको कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्।
महानगरले बस्ती विकास सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण दोस्रो संशोधित मापदण्ड, २०७८ लाई संशोधन गर्दै नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको हो।
परिसंघका कार्यवाहक अध्यक्ष अधिकारी नेतृत्वको टोलीले उद्योगमन्त्री बडूलाई भेटेर औद्योगिक क्षेत्र व्यवस्थापनले बढाएको भाडा फिर्ता र दीर्घकालीन समस्या समाधान गर्न आग्रह गरेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बुद्धकालीन कपिलवस्तुको राजधानी तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने बताएका छन्।