शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राउण्ड टेबल नेपालको अध्यक्षमा राहुल अग्रवाल निर्वाचित

राउण्ड टेबल नेपालको अध्यक्षमा राहुल अग्रवाल निर्वाचित

राउण्ड टेवल नेपालको २२औँ साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ। यही भदौ १८ गते सम्पन्न साधारणसभाले राहुल अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

काठमाडौं- राउण्ड टेवल नेपालको २२औँ साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ। यही भदौ १८ गते सम्पन्न साधारणसभाले राहुल अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। 

चितवनको नारायणघाटस्थित सिराइचुली होटलमा भएको साधारणसभाबाट उपाध्यक्ष नितेजकुमार अग्रवाल, महासचिवमा दिवस सुवेदी, कोषाध्यक्षमा साकेत मुरारका र राष्ट्रिय सम्पादकमा निखिल बंशल चयन भएका छन्। 

निवर्तमान अध्यक्ष तथा अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकृत आनन्द बाहेतीले आफ्नो कार्यकालमा गरेका कामको बारेमा अवगत गराएका थिए। सो कार्यक्रममा जर्मनी, फ्रान्स, भारत, बंगलादेशलगायतका मुलुकबाट अतिथिहरु आएका थिए। साधारणसभामा देशभरबाट ४ सयभन्दा बढी सदस्यहरुको सहभागिता थियो।


प्रकाशित: Sep 08, 2022| 16:06 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्