शुक्रबार, असोज ९, २०८३

हुन्डाई औरा अझै स्टाइलिस र विभिन्न विशेषताका साथ

हुन्डाईका गाडीहरु नेपाली उपभोक्ताहरुका लागि प्रमुख रोजाइको गाडी बनेका छन्। हुन्डाईले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै प्रिमियम उत्पादनको रूपमा सधैं आफ्नो प्रतिष्ठालाई निरन्तरता दिइरहेको छ।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

काठमाडौं- हुन्डाईका गाडीहरु नेपाली उपभोक्ताहरुका लागि प्रमुख रोजाइको गाडी बनेका छन्। हुन्डाईले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै प्रिमियम उत्पादनको रूपमा सधैं आफ्नो प्रतिष्ठालाई निरन्तरता दिइरहेको छ। 

हुन्डाई औरा  नेपाली ग्राहकहरुको 'भाइब्रेन्स अफ पोजिटिभिटी' र 'स्पिरिट टु गो द डिस्टेन्स' द्वारा परिभाषित गरिएको छ।  पुरानो गाडीबाटअपग्रेड वा नयाँ गाडी किन्दा  ग्राहकहरुका लागि हुन्डाई औरा एउटा असल रोजाइ हुन सक्छ। यसको उत्कृष्ट डिजाइनले हुन्डाईको विशिष्ट सेन्सस स्पोर्टिनेस शैली व्याख्या गर्दै आधुनिक र आकर्षक शैलीलाई व्यक्त गर्छ।

हुन्डाई औराको अगाडीको भागमा बुमर्याङ डेटाइम रनिङ ल्याम्पस र प्रोजेक्टर टाइप फग ल्याम्पस जडान गरिएको छ। कुपजस्तो ढाँचा  युनिक  क्यारेक्टर लाइन्सले यो गाडीलाई अझै आकर्षक देखाएको छ | यसमा प्रयोग भएको एलोय ह्विलले यसको साइड प्रोफाइल आकर्षक देखाएको छ। ग्राउन्ड क्लियरेन्स १६५ एमएम छ।

फराकिलो र बलियो बम्पर डिजाइन, एलइडी टेल ल्याम्प र स्टाइलिस थ्रीडी आउटर लेन्सको साथ हुन्डाई औराको पृष्ठभागको आकार निकै भिन्न छ। आकर्षक रुप, सवारीको सहज अनुभव र आधुनिक प्रविधिको सन्तुलित संयोजन हुन्डाई औरामा पाइन्छ।

उत्कृष्ट ड्राइभिङ प्रदर्शन र गतिशीलताले औरा चलाउदा सहज अनुभव गराउँछ।  औरा आफ्नो सेगमेन्टमा सबैभन्दा इन्धन इफिसियन्ट गाडी हो।

हुन्डाईले आजको बजारको आवश्यकता अनुरूप उत्पादनहरु क्युरेट गर्दै आएको बताएको छ। सोही कुरा हुन्डाई औराको आरामदायी र सहज विशेषताहरुमा स्पष्ट देखिन सकिन्छ। यसको आरामदायी क्याबिन, ग्लोभ बक्स कुलिङ, कप होल्डरसहितको रियर सेन्टर आर्मरेस्ट, एड्जसटेवल रियर हेडरेस्ट, रियर एसी भेन्टस्, किलेस इन्ट्री, स्टीयरिङ व्हील माउन्टेड कन्ट्रोलस, उत्कृष्ट ४०२ लिटरको बुट स्पेस. र अन्य विशेषताहरु सहित औराको सम्पूर्ण क्याबिन प्रिमियम र धेरै व्यावहारिक बनाइएको कम्पनीले जनाएको छ।

नेपाली बजारमा हुन्डाई औराको प्रारम्भिक मूल्य रू. ३६ लाख ५६ हजार रहेको छ।

प्रकाशित: Sep 08, 2022| 16:08 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्