आइतबार, जेठ ३१, २०८३

नेशनल लाइफ इन्स्योरेन्सको सीप अभिवृद्धि कार्यशाला

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ दिने कर्मचारी सीप अभिवृद्धि कार्यशाला पोखरा स्थित होटल पोखरा ग्राण्डीमा सम्पन्न गरेको छ।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९
National life
Shivam cement

काठमाडौं- नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ दिने कर्मचारी सीप अभिवृद्धि कार्यशाला पोखरा स्थित होटल पोखरा ग्राण्डीमा सम्पन्न गरेको छ। कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्न भएको उक्त सम्मेलनमा विभागीय प्रमुखसहित देशै भरीबाट प्रशासनिक कर्मचारीहरु गरी २०० जना भन्दा बढिको सहभागिता थियो।

कार्यक्रम कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले दक्ष कर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीको कर्मचारीहरुको दक्षता अभिवृद्धिको लागि आवश्यक लगानी गर्दै जाने जानकारी गराइन्। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले बीमा व्यवसाय प्रतिष्पर्धात्मक हुँदै गइरहेको वर्तमान स्थितिमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक लक्ष्य हासिल गरी बीमा बजारमा कम्पनीलाई अग्र स्थानमा पुर्याउन मार्केटिङ कर्मचारीहरुको जत्तिकै भूमिका प्रशासनिक कर्मचारीको पनि हुने भएकोले सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्दै यस सम्बन्धमा अधिकतम प्रयास गर्न उत्प्रेरणा प्रदान गरे।

प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमा समितिवाट कर्मचारी दक्षता अभिबृद्धि कार्यक्रम संचालन गर्नुपर्ने निर्देशन प्राप्त भए अनुसार यो कार्यक्रम सञ्चालन गरिएको र आगामी वर्षहरुमा पनि यस्ता कार्यक्रम नियमित रुपमा सञ्चालन गरिने जानकारी गराए। कार्यक्रममा नियमनकारी निकाय बीमा समितिका निर्देशक सुशील देव सुवेदीले नेपालको बीमा क्षेत्रमा संस्थागत सुशासनको अवस्था र यस सम्बन्धमा नियामक निकायवाट भएका विस्तृत प्रयासहरु सम्बन्धमा गहन जानकारी गराएका थिए।


प्रकाशित: Sep 08, 2022| 16:09 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्