शुक्रबार, असोज ९, २०८३

राष्ट्रिय बिमा कम्पनीको सिईओमा शेखर बराल नियुक्त

खुला प्रतिस्पर्धाबाट छनोट भएका तीन जनामध्ये सञ्चालक समितिले बराललाई नियुक्त गर्ने निर्णय गरेको हो।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

काठमाडौं- राष्ट्रिय बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शेखर बराल नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको बैठकले उनलाई ४ वर्षको लागि कम्पनीको सीईओमा नियुक्त गरेको हो।

खुला प्रतिस्पर्धाबाट छनोट भएका तीन जनामध्ये सञ्चालक समितिले बराललाई नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त सीईओ बरालले लुम्बिनी जनरल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्समा सीईओको कार्यभार सम्हालेको अनुभव छ। 

यसअघि कम्पनीको सीईओको कार्यभार सरकारका उपसचिव ज्ञानेन्द्रराज ओझाले सम्हालिरहेका थिए। उनलाई अर्थ मन्त्रालयले फिर्ता बोलाएसँगै कम्पनीले बराललाई नयाँ सीईओको रूपमा नियुक्त गरेको हो। ओझालाई अर्थ मन्त्रालयले ६ महिनाको लागि राष्ट्रिय बीमा कम्पनीमा पठाएको थियो। तर, उनको ६ महिने कार्यकाल भने नसकिँदै उनलाई अर्थ मन्त्रालयमा नै फिर्ता बोलाएको छ।

प्रकाशित: Sep 08, 2022| 14:24 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्