शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नबिल बैंक र युनिलिभर नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

नबिल बैंक र युनिलिभर नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

नबिल बैंक र युनिलिभर नेपाल लिमिटेडबीच 'च्यानल फाइनान्सिङ' सुविधाका लागि सहकार्य भएको छ।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

काठमाडौं- नबिल बैंक र युनिलिभर नेपाल लिमिटेडबीच 'च्यानल फाइनान्सिङ' सुविधाका लागि सहकार्य भएको छ। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना र युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलान मुखर्जीले उक्त सहकार्य सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौता भएसँगै युनिलिभरले आफ्ना तीनजना वितरकहरुलाई 'च्यानल फाइनान्सिङ'का लागि सिफारिसपत्र समेत हस्तान्तरण गरेको बैंकले जनाएको छ। सम्झौतापत्रमा हस्ताक्षर गर्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बैंकसँग आबद्ध व्यवसायीलाई चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि सरल तरिकाबाट च्यानल फाइनान्सिङ उपलब्ध गराउने बताए।

यस सम्झौताअन्तर्गत युनिलिभर नेपालसँग आबद्ध व्यवसायीहरुले 'च्यानल पार्टनर'का रुपमा थप व्यवसाय विस्तार तथा चालु पुँजीमा लगानी गर्ने उद्देश्यकालागि बैंकका जुनसुकै शाखाबाट पनि च्यानल फाइनान्सिङ कर्जा उपभोग गर्न पाउने बैंकले जनाएको छ। 'च्यानल फाइनान्सिङ' अन्तर्गत 'च्यानल प्रिन्सिपल'ले आफ्ना वितरक, डिलर, रिटेलरहरुलाई सामान बिक्री गरेको बिल बराबरको पूरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुने बैकले जनाएको छ।

यस अन्तर्गत व्यवसायीहरुका लागि व्यवसाय विस्तार गर्न अन्य एसएमई कर्जा पनि उपलब्ध हुने जारी बिज्ञप्तीमा उल्लेख छ।


प्रकाशित: Sep 08, 2022| 16:57 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्