आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उद्योग, व्यापार क्षेत्र सुधारिँदै गएको मन्त्री बडुको दाबी

उद्योग, व्यापार क्षेत्र सुधारिँदै गएको मन्त्री बडुको दाबी

मन्त्रालय सम्हालेको पाँचमहिने अवधिमा भएका फेहरिस्त सार्वजनिक गर्दै मन्त्री बडुले गरे पत्रकार सम्मेलन।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले कोभिड महामारीको  चपेटामा परेका उद्योग तथा व्यापार क्षेत्र सुधारिँदै गएको बताएका छन्। मन्त्रालय सम्हालेको ५ महिने अवधिमा भएका कामबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

National life

२४ चैतमा मन्त्रालय सम्हाल्दा मुलुकको अन्तर्राष्ट्रिय व्यापार र उत्पादनमूलक उद्योगको अवस्था जटिल रहेको र त्यसलाई नीति तथा कार्यक्रम एवं बजेटबाट सहज बनाउँदै लगेको मन्त्री बडुले दाबी गरे।

‘उत्पादनमूलक उद्योग कुल उत्पादन क्षमताको ४० प्रतिशत मात्रैमा चलेका थिए। १० प्रतिशत त्यस्ता उद्योग बन्द भएका थिए,’ मन्त्री बडुले भने, ‘अहिले त्यस्ता उद्योग पुरानै अवस्थामा फर्किएका छन्। व्यापार आयातमा सहजीकरण र निर्यात २ खर्ब नाघेको छ।’

अर्थतन्त्रको सुधारका लागि मन्त्रालयले पहिले कार्यक्रम र त्यसलाई सहजीकरण गर्ने गरी नीतिगत व्यवस्था गरिएको मन्त्री बडुले सुनाए। मन्त्रालयले मुलुकलाई आत्मनिर्भर बनाउन र स्वदेशी वस्तुको उपभोगका लागि प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभियान घोषणा गरेको छ। नेपाली वस्तु निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न निर्यातमा अनुदान व्यवस्था गरिएको मन्त्रालयले बताएको छ।

प्रकाशित: Sep 08, 2022| 15:33 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्