आइतबार, जेठ ३१, २०८३

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

पक्राउ पर्नेमा नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्दै आएका २९ वर्षीय पुरूषोत्तम अधिकारी र चन्द्रागिरी नगरपालिका-८ गौंथलिचोक बस्ने २७ वर्षीय नवीन केसी छन्।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

काठमाडौं-  बैंकिङ कसुर मुद्दामा दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा   नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्दै आएका २९ वर्षीय पुरूषोत्तम अधिकारी र चन्द्रागिरी नगरपालिका-८ गौंथलिचोक बस्ने २७ वर्षीय नवीन केसी छन्। उनीहरू बुधबार पक्राउ परेका हुन्।

National life

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले पुरूषोत्तमलाई काठमाडौं गोंगबुबाट र नवीनलाई काठमाडौं महानगरपालिका-११ थापाथलीबाट पक्राउ गरेको हो। पुरूषोत्तम बैंकिङ कसुर मुद्दामा ४० लाख रुपैयाँ बिगो ठहर भई फरार रहेका थिए।

नवीन बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७९ जेठ २४ गतेको फैसलाले ५ दिन कैद, ५ लाख २५ हजार जरिवाना र २१ हजार रूपैयाँ क्षतिपूर्ति ठहर भई फरार रहेका  थिए। 

पुरूषोत्तमलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ भने नवीनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लगनखेल ललितपुरमा पठाइएको छ। 

प्रकाशित: Sep 08, 2022| 13:26 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्