काठमाडौं- युनाइटेड सिमेन्ट्स प्रालिले धुनिबेसी–९ को वडा कार्यालयलाई १५ थान सिलाइ मेसिन, १० थान कम्प्युटर तथा यसको उपयोग गर्न आवश्यक पर्ने टेबल तथा कुर्सी हस्तान्तरण गरेको छ। बुधबार सम्पन्न कार्यक्रममा धुनिबेसी नगरपालिका उप प्रमुख सुरज उप्रेती, वडा न.९ का अध्यक्ष माधवप्रसाद सिलवाल , पूर्ववडा अध्यक्ष साहिला राईलगायतको उपस्थिति थियो।
कार्यक्रममा युनाइटेड सिमेन्ट्सका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले विगतका दिनहरूमा पनि शिक्षा तथा स्वास्थ्य जस्ता आधारभूत तथा अपरिहार्य क्षेत्रमा यस समाजलाई हरेक तरहले सहयोग गर्दै आएको बताए। यसका साथै उनले त्यसै वडा कार्यालयको रोहबरमा परिचालन हुने गरी केही वर्ष पहिले एम्बुलेन्स पनि हस्तान्तरण गरेको तथा स्वास्थ्य चौकी स्थापनाका निम्ति जग्गा पनि उपलब्ध गराएको कुरा जानकारी गराएका थिए।