आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • निर्यात अनुदान कार्यविधि संशोधन गरी उद्योगले पठायो अर्थ मन्त्रालय

निर्यात अनुदान कार्यविधि संशोधन गरी उद्योगले पठायो अर्थ मन्त्रालय

चालू आर्थिक वर्षको बजेटमार्फत सिमेन्ट, डन्डी, फुटवेयर र पानी निकासीमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था छ।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजेटमा व्यवस्था गरिएको ८ प्रतिशत नगद अनुदानसम्बन्धी व्यवस्था समावेश गरी निर्यात अनुदानसम्बन्धी कार्यविधि संशोधन गरेर अर्थ मन्त्रालय पठाएको छ। बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री दिलेन्द्रप्रसाद बडुले यस्तो बताएका हुन्।

National life

चालू आर्थिक वर्षको बजेटमार्फत सिमेन्ट, डन्डी, फुटवेयर र पानीको निकासीमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरिएको छ। उद्योग मन्त्रालयले बजेट आएको तीन महिनापछि कार्यविधि संशोधन गरेर अर्थमा पठाएको हो।

मंगलबार निजी क्षेत्रसँग छलफलका क्रममा अर्थमन्त्री जनार्दन शर्माले नगद अनुदानसम्बन्धी कार्यविधि तत्काल ल्याउन सचिवहरूलाई निर्देशन दिएका थिए।

छलफलमा नगद अनुदान पाउने सुनिश्चितता नभएकाले निर्यात गर्न नसकिएको गुनासो व्यवसायीले गरेका थिए। व्यवसायीको गुनासो सम्बोधन गर्दै अर्थमन्त्री शर्माले अनुदान पाउने वातावरण बन्ने गरी कार्यविधि संशोधन गर्न मन्त्रालयका अधिकारीलाई निर्देशन दिएका थिए।

प्रकाशित: Sep 08, 2022| 16:54 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्