सत्तामा हुँदा विपक्षीलाई तर्साउन भ्रष्टाचारका फाइल खोल्ने गरिए पनि ठूला दलहरुबीच लाभका पदमा भागबन्डा गरेर अनुसन्धान बीचमै तुहाइने चलन रहेको भट्टराईको दाबी।
अघिपछि प्रतिपक्षी एमालेले सदन अवरोध गर्नासाथ बैठक स्थगित गर्दै आएका राष्ट्रिय सभाका अध्यक्षले आजको बैठक सत्तापक्षले अवरोध गरेका कारण स्थगन गर्नुपर्यो।
प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–४ चाँगु बुढाथोकी गाउँबाट नक्कली नोटसहित ९ जनालाई पक्राउ गरेको हो।
१५४ किलो सुन तस्करी अनुसन्धानका क्रममा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले चिनियाँ नागरिकद्वय ली जियालिन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरेको हो।