बिहीबार, कात्तिक २७, २०८२

टोरन्टोमा छानियो चलचित्र ‘गाउँ आएको बाटो’ 

नवीन सुब्बा निर्देशित चलचित्रमा राई जातिको सामाजिक पृष्ठभूमिका साथै गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको छ।
 |  शुक्रबार, साउन २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०

काठमाडौं– नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औं संस्करणमा छनोट भएको छ। निर्माण पक्षले बिहीबार विज्ञप्ति जारी गर्दै छनोटबारे जानकारी दिएको हो।

National life

टोरन्टोको यो संस्करण सेप्टेम्बर ७ देखि १७ तारिखसम्म चल्नेछ। नवीन सुब्बाले निर्देशन गरेको चलचित्र राई जातिको सामाजिक पृष्ठभूमिमा तयार भएको छ भने गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको छ।

निर्देशक सुब्बाले विश्वको प्रतिष्ठित चलचित्र महोत्सवमा नेपाली चलचित्र छनोट हुनुले यसले सकारात्मक प्रभाव पार्ने बताए। उनले भने, ‘यसले हाम्रा चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउने विश्वास छ।’

निर्देशक सुब्बाले निर्देशनको सुरु गरेको पहिलो चलचित्र ‘खांग्र्री’ नै पहिलो पटक अन्तर्राष्ट्रिय बजार पुगेको थियो। यसअघि उनीद्वारा निर्देशित ‘नुमाफुङ’ फुकुओका, गोटेवर्ग, सन्फ्रान्सिस्कोजलगायत थुप्रै अन्तर्राष्ट्रिय महोत्सवमा छनोट भएका थिए।

चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारले अभिनय गरेका छन्। महेश राई र निर्देशक सुब्बाले लेखेको चलचित्रमा जोस हेरमले छायांकन, क्वान पुन लिउङले सम्पादन र हेडी लिले संगीत दिएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 11, 2023| 14:36 शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्