बिहीबार, जेठ २८, २०८३

सुन तस्करी प्रकरणः पक्राउ परे थप दुई चिनियाँ नागरिक

१५४ किलो सुन तस्करी अनुसन्धानका क्रममा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले चिनियाँ नागरिकद्वय ली जियालिन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरेको हो।
 |  शुक्रबार, साउन २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०
National life
Shivam cement

काठमाडौं– प्रहरीले सुन तस्करी प्रकरणमा थप दुई चिनिँया नागरिकलाई पक्राउ गरेको छ। १५४ किलो सुन तस्करी अनुसन्धानका क्रममा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले चिनियाँ नागरिकद्वय ली जियालिन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरेको हो।

चीन जान लागेका बेला अध्यागमनले उनीहरुलाई नियन्त्रणमा लिएको बताइन्छ। पक्राउ परेकालाई थप अनुसन्धानका लागि अध्यागमन कार्यालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को जिम्मा लगाएको छ। योसहित सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ।

हिमालय एयरलाइन्सको विमानबाट चीन भाग्न लाग्दा एक महिला र एक पुरुष चिनियाँ नागरिक पक्राउ परेका हुन्। त्रिभुवन विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रकाशित: Aug 11, 2023| 10:45 शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्