शनिबार, असोज १०, २०८३

बारामा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

 |  शनिबार, असोज १०, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, असोज १०, २०८३

बारा- बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ तीन नम्बर पुलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

गएराति करिब ११ बजे हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना.६ ख ३६४४ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०२–०६५ प ७५७५ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो।

दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका स्कुटर चालक मोरङको लाङटाङ नगरपालिका–१ का करिब ३५ वर्षीय योगेन्द्र मगरलाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज लगिएको थियो। उपचारका क्रममा राति ११: ५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय अमलेखगञ्ज र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले उद्धार गरेको थियो।

प्रहरीले ट्रक र चालक बारा जितपुरसिमरा उपमहानगरपालिका–२१ का करिब ३३ वर्षीय राजन खड्कालाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 26, 2026| 09:06 शनिबार, असोज १०, २०८३
प्रतिक्रिया दिनुहोस्