आइतबार, वैशाख २७, २०८३

रास्वपा सांसदले संसद् अवरूद्ध हुँदाको सेवासुविधा नलिने

 |  शुक्रबार, साउन २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०

National life

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक द्वन्द्वका कारण अवरूद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा आफ्ना पार्टीका सांसदले नलिने बताएको छ। शुक्रबार सभामुख देवराज घिमिरेलाई पत्र बुझाउँदै रास्वपा संसदीय दलका नेता रवि लामिछानेले अहिलेसम्म पठाएको भए हिसाब मिलान गर्न पनि भनेका हुन्।

‘राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा हाम्रो पार्टीले नलिने सम्मननीय सभामुखमार्फत प्रतिबद्धता जाहेर गर्छ। साथै, हालसम्ममा हामीले पाएको भए पनि त्यसको उपयुक्त मिलान गरिदिने व्यवस्थाका लागि समेत हार्दिक अनुरोध गर्छ,’ रास्वपाले बुझाएको पत्रमा भनिएको छ।

संसद् अवरुद्ध भइरहँदा जनताका मुद्दा, दैनानुदिनका समस्या र राष्ट्रमाथि परेका संकटहरुका विषयमा सदनमा कुरा राख्न नपाउँदा सांसदहरुको सार्वभौम अधिकार हनन हुन पुगेको पनि उसले पत्रमार्फत बताएको छ। जारी अधिवेशन नियमित गर्न आवश्यक पर्ने पहलकदमी लिइदिन उसले सभामुखलाई आग्रह पनि गरेको छ।
नेकपा एमालेका कारण गत साउन १० गतेदेखि संसद् लगातार अवरूद्ध हुँदै आएको छ। सय किलो सुन तस्करीको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग राखेर एमालेले सदन चल्न नदिएको हो।

प्रकाशित: Aug 11, 2023| 14:01 शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्